दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी.,तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन […]

Continue Reading

चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरे। ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन। संयुक्त […]

Continue Reading

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ।प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो। यसका लागि भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव अघि […]

Continue Reading

जङ्गली जनावरले पशु मार्न थालेपछि स्थानीय त्रसित

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा जङ्गली जनावरले घरपालुवा पशु मार्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । तिहारअघि बकैया गाउँपालिका–७ मा स्थानीयका पाँच वटा खसीबाख्रा जङ्गली जनावरले मारेको र बिहीबार गाउँपालिका–८ र ९ को सीमावर्ती सामुदायिक वन क्षेत्रमा पाटेबाघ देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार कालिवन सामुदायिक वन र देउताखोला सामुदायिक वन क्षेत्रमा वयस्क बाघ […]

Continue Reading

चिसो बढेसँगै श्वासप्रश्वास र निमोनियाका बिरामी बढे

चिसो मौसमको सरुवातसँगै विभिन्न स्वास्थ्य समस्याका बिरामी बढ्न थालेका छन् । जाडोमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो । काठमाडौँ उपत्यकाको वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिसोका कारण उत्पन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या […]

Continue Reading

सरकारको नीति कार्यान्वयनपछि परिचय फेर्दै हुलाक

लामो समयदेखि रुग्ण र सुस्त संस्थाका रूपमा परिचित हुलाक सेवा पछिल्लो समय सेवा विस्तार, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय र नागरिकको घरदैलोमै सरकारी सेवा दिने अभियानमार्फत अब्बल र सफल संस्थाका रुपमा स्थापित हुँदैगएको छ । नयाँ सरकार गठनपछि ल्याइएको शासकीय सुधारका सय कार्यसूचीमा हुलाक सेवालाई सुधार गरी सरकारी कुरियर सेवाका रुपमा स्थापित गर्ने पनि एउटा थियो। […]

Continue Reading

डाविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

डाविड मलानले अविजित अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका लागि मलानले ५१ बलमा नौ चौका र दुई छक्काको […]

Continue Reading

काठमाडौं-तराई/मधेश द्रुतमार्गको काम ५१ प्रतिशत सकियो

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो तीन हजार ४५४ मिटरको महादेवटार सुरुङमार्गको दुवैतर्फका सुरुङ जोड्ने (ब्रेकथ्रु) कार्यक्रममा बुधबार आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिए । राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी […]

Continue Reading

देउसीभैलो खेलेर जुटेको रकमबाट विद्यार्थीलाई न्यानो कपडा

तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम सामाजिक तथा शैक्षिक कार्यमा खर्च गर्ने अभियानअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२, भेडीखोलास्थित मत्यकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दमौलीका युवा सामाजिक अभियन्ता सुदीप गफ्फार र उनको समूहले देउसी भैलोबाट सङ्कलन गरेको रकमबाट विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई स्विटर वितरण गरेको हो । चिसो मौसम […]

Continue Reading

शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव

उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । शिशुको मृत्यु चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण भएको आरोप लगाउँदै परिवारजनले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेपछि अस्पताल तनावग्रस्त बनेको हो । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २२ मदिलवा टोलका शिशुको उपचारका क्रममा मृत्यु भएपछि […]

Continue Reading