पूर्वसभामुख महरालाई लगियो केन्द्रीय कारागार सुन्धारा

पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएसँगै केन्द्रीय कारागार सुनधारामा लगिएको छ।जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउने आदेश भएको जानकारी दिए। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो। चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा […]

Continue Reading

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल रु.१,२०,८५०।- घुस रकमसहित नियन्त्रणमा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस/रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखा अधिकृत ढुण्डी राज दाहाललाई घुस/रिसवत वापतको रकम रु.१,२०,८५०।– […]

Continue Reading

ऐतिहासिक लिगलिगे दौड विवादको चपेटामा

ऐतिहासिक लिगलिगे दौड विवादका कारण विगत दुई बर्षदेखि अवरुद्ध हुन पुगेको छ । पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियान बीच आयोजक को बन्ने भन्ने होडवाजीका कारण उत्पन्न विवादले प्रतियोगिता हुन नसकेको हो । यसअघि लिगलिगकोट बिकास अभियानले फुलपातीको अघिल्लो दिन पारेर दौड प्रतियोगिता गर्दै आएको थियो । तर गत बर्ष नगरपालिका आफैले अपनत्व लिएर दौड […]

Continue Reading

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति व्यवस्था हटाउने शिक्षामन्त्री पुनको पहल

उच्च शिक्षाको गुणस्तर कायम गर्न विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने ब्यवस्था खारेजी गर्नु पर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले बताएका छन् । केहि दिन अघि मात्र मन्त्री पुनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी, रजिष्ट्रार प्राडा केदार रिजाल, सबै डिन कार्यालयका डिनहरु तथा अन्य शिक्षासँग सरोकार राख्ने शिक्षा विज्ञहरुसँग विश्वविद्यालय […]

Continue Reading

शीर्ष नेताकै संरक्षणमा ‘व्यावसायिक गुन्डागर्दी’

बिचौलिया व्यवसायीका रूपमा परिचित व्यापारी दीपक भट्टले गैरकानुनी रूपमा आर्जन गरेको १० अर्ब रुपैयाँभन्दा बढी रकमको स्रोत अनुसन्धान गरी जफत गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सेनादेखि प्रहरीसम्मको हतियार आयातकर्ता, चिनियाँ, फ्रेन्च, स्वीसलगायतका विदेशी कम्पनीको नेपालस्थित एजेन्ट, सुरक्षण मुद्रणसम्बन्धी विदेशी ठेकेदारको नेपाली एजेन्टका रूपमा काम गरिरहेका भट्ट कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म […]

Continue Reading

यस वर्षको भाइटिकाको उत्तम साइत बिहीबार बिहान ११:३९ बजे

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटिकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग […]

Continue Reading

मधेश प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुत्त

मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई  मुख्यमन्त्री नियुक्त गरेकी हुन् । ६ दलको समर्थनमा सोनलले ५७ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कांग्रेसमा कृष्णप्रसाद […]

Continue Reading

ओमानलाई पराजित गर्दै नेपाल ट्वान्टी–२० विश्वकप छनोटको उपाधितर्फ

नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो । सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको […]

Continue Reading

पेट्रोलको मूल्य घट्यो,डिजेल र मट्टितेलको मूल्य यथावत,

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखी लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार गए रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ अन्य क्षेत्रमा […]

Continue Reading

सडक डिभिजनका इन्जिनियरसहित चार जनाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

सडक डिभिजन कार्यालय, लहान सिराहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित चार जनाविरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सिधाबिचारलाइ दिएकाे जानकारी अनुसार सिराहाको कल्याणपुर नगरपालिका-५, स्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान […]

Continue Reading