किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव पक्राउ परेका छन् । गाउँसभा सम्पन्न गरेको माइन्यूटमा किर्ते हस्ताक्षर गरेको आरोपमा अध्यक्ष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी वेदप्रसाद गौतमले गोरखापत्र अनलाइनसँग बताए  ।

उनले भने , “किर्तेको उजुरीपछि अध्यक्षलाई पक्राउ गरेका हौँ । जिल्लामा ल्याएर यसबारेमा उनिसँग थप सोधखोज गर्दै छौँ ।”

डिएसपी गौतमका अनुसार गाउँपालिका अध्यक्ष यादवलाई गएराती बसबरियाबाटै पक्राउ गरिएको हो । बसबरियामा गाउँसभाबाट बजेट पारित गर्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ ।

गाउँपालिका अध्यक्ष यादवले भने सर्वसम्मत रुपमा बजेट पारित गरिएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *