पाँच वर्षमा तेह्र हजारले सवारी दुर्घटनामा ज्यान गुमाए

देशभर पछिल्लो पाँच वर्षमा भएका एक लाख २९ हजार ७४१ सवारी दुर्घटनामा १२ हजार ९९४ जनाले ज्यान गुमाउनुका साथै एक लाख ८७ हजार १९८ जना घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग, ट्राफिक निगरानी, जनचेतना र कानुनी कारबाहीका प्रयास भइरहे पनि दुर्घटना तथा मानवीय क्षति घट्नुको सट्टा पछिल्ला दुई वर्षमा बढ्दै गएको देखिएको छ […]

Continue Reading

फोहोर सङ्कलन अवरोध विवाद : अत्यावश्यक सेवा रोक्न मिल्दैन

राजनीतिक मतभेद र अधिकार क्षेत्रको विवादमा सरसफाइ सेवा अवरुद्ध गर्नु संविधानविपरीत कार्य हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । शीतलनिवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर सङ्कलन नगर्ने काठमाडौँ महानगरपालिकाको तीन वर्षअघिको निर्णयलाई अदालतले नागरिकको मौलिक हकविपरीतको कार्यका रूपमा व्याख्या गरेको छ । २०८२ पुस २१ को फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्चले फोहोरमैला व्यवस्थापनमा तहगत […]

Continue Reading

विश्व मधुमेह दिवसः युवा अवस्थामै मधुमेहकाे जाेखीम बढ्दै

केही वर्षअघिसम्म ५० वर्ष उमेर कटेपछि बढी देखिने मधुमेह पछिल्लो समय युवा अवस्थामै देखिन थालेको छ । वीर अस्पतालको डायबिटिज एन्ड एन्डोक्राइन विभागमा उपचारका लागि आउने बिरामीमध्ये ३० देखि ३५ वर्ष उमेर समूहका करिब २० प्रतिशत रहेको तथ्यले युवामा समेत मधुमेहको जोखिम बढ्दै गएको देखाउँछ । वीर अस्पतालमा मात्र होइन, अन्य स्वास्थ्य संस्थामा समेत युवा […]

Continue Reading

पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ ।

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको थियो । ठक्करबाट स्कुटर चालक म्याग्दीको रघुगंगा गाउँपालिका ३ का वर्ष २६ का मोहन परियार र पछाडि सवार म्याग्दीको मंगलाका […]

Continue Reading

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

गण्डकी प्रदेशको एकमात्र उत्तरी नाका कोरला हुँदै सञ्चालनमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामै वार्षिक राजश्व लक्ष्यभन्दा बढी रकम संकलन गरेको छ। कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो। मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि […]

Continue Reading

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

नेपाली कांग्रेस देउवा समूहका नेता गुरु बरालले टिबेटियन ओरिजिनल ब्लड (टिओबी) र वर्तमान कांग्रेस नेतृत्व एउटै शक्ति केन्द्रबाट सञ्चालित भएको दाबी गरेका छन्। देउवा कांग्रेसको गण्डकी अधिवेशनबारे जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरालले टिओबी र गगन थापा नेतृत्वको कांग्रेस दुवै स्क्रिप्टेड प्लान सफल बनाउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएका हुन्। […]

Continue Reading

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक संस्था, सरकारको स्थायित्व तथा शासकीय क्षमताका विषयमा सरकारको आलोचना गरेका हुन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री शिवाकोटीले सरकारको आलोचना गर्नेहरूलाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले आफू […]

Continue Reading

प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सव छठ पर्व

‘केरवा जे फरल घउरस,ओपर सुगा मडराय,मारबौ रे सुगवा धनुषस,सुगा गिरे मुरझाय’ ।   छठ पर्वको यो लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेका छन् । छठीमातालाई चढाइने पवित्र प्रसाद केरालाई चराचुरुङ्गीले नखाऊन भन्ने भाव बोकेको यस गीतले छठको धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको प्रेमलाई एकसाथ अभिव्यक्त गर्छ । चार दिवसीय छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । […]

Continue Reading

जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो । प्लेअफको दौडमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण छ । जनकपुर छ खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा छ । […]

Continue Reading

‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अमेरिकासँग इरानको पैसा र हर्मुज जलमार्गसमेत रहेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन । ती दिन धेरै पहिले नै बितिसकेका छन् ।’यसैबीच, ट्रम्पले उपराष्ट्रपति जेडी […]

Continue Reading