पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको थियो ।
ठक्करबाट स्कुटर चालक म्याग्दीको रघुगंगा गाउँपालिका ३ का वर्ष २६ का मोहन परियार र पछाडि सवार म्याग्दीको मंगलाका वर्ष २१ का विवेक दर्जी गम्भीर घाइते भइ उपचारको लागि अस्पताल पठाएकोमा दुवै जनाको चिकित्सकद्वारा मृत्यु घोषणा गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
