जनकपुर बोल्ट्ससँग काठमाण्डू गोर्खाज आठ विकेटले पराजित

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । जनकपुरले काठमाण्डू गोर्खाजले दिएको ११६ रनको लक्ष्य १७।२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । जनकपुरको जितमा मोइन अलीले अर्धशतक बनाए  । उनले ५१ बलमा तीन चौका र तीन छक्कासहित अविजित ५८ रन बनाए  । मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए  । हसनले ३९ बलमा ४० रन बनाए ।

जनकपुरले सात रन जोड्दा ओपनर तृतराज दासलाई गुमाएको थियो । दास पाँच रनमा आउट भए  । त्यसपछि ३७ रनको अवस्थामा मयन यादव नौ रनमा पभेलियन फर्किए । त्यसपछि मोइन र हसनले जनकपुरको इनिङ्स सम्हाले । काठमाण्डूका रिपोन मोन्डलले एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डू गोर्खाज १९।३ ओभरमा ११५ रनमा अलआउट भएको थियो । काठमाण्डूलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । उनले दुवै ओपनर साम हेजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमको विकेट लिए  ।

जनकपुरका सैफ हसनले दुई विकेट लिए भने मोइन अली, कप्तान हरमित सिंह र ललित राजवंशीले एक–एक विकेट लिए  ।

काठमाण्डूका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे  । राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाउदा  हरिशङ्कर शाहले नौ, कप्तान करण केसीले आठ, जहान्दाद खानले पाँच, रिपोन मोन्डलले नौ र शाहब आलमले चार रन बनाए  ।

साम हेजलेटले एक रन बनाउदा  मोहम्मद आदिल आलम खाता नखोली आउट भए । काठमाण्डूले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो साझेदारी बनाउन सकेन । छ रन हुँदा ओपनर हेजलेट र १९ रनको अवस्थामा हरिशङ्कर शाह आउट भए  ।

पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *