बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककस्थित चर्चित रेस्टुरेन्ट तथा बार ‘रोङ बियर ना लात फ्राओ‘ मा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ, भने ६० भन्दा बढी मानिस घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। अग्निनियन्त्रकहरूका अनुसार […]

Continue Reading

फिफा विश्वकप २०२६ सेमिफाइनलमा ४ टोली, कडा टक्कर

फिफा विश्वकप २०२६ अन्तिम मोडमा आइपुगेको छ। ४८ टोलीबाट सुरु भएको विश्व फुटबलको महाकुम्भ अब अन्तिम चार टोलीमा सीमित भएको छ। साविक विजेता अर्जेन्टिना, युरोपेली च्याम्पियन स्पेन, साविक उपविजेता फ्रान्स र लामो समयदेखि उपाधिको खोजीमा रहेको इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप उपाधितर्फको यात्रा थप रोमाञ्चक बनाएका छन्। समूह चरणदेखि क्वार्टरफाइनलसम्म चारै टोलीले फरक–फरक शैलीमा […]

Continue Reading

रूससँग बढ्दो तनावबिच युक्रेनमा मन्त्रिपरिषद् पुनर्गठनको घोषणा : प्रधानमन्त्री स्भिरीडेन्कोद्वारा राजीनामा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गरेका छन्। यस घोषणासँगै युक्रेनी प्रधानमन्त्री युलिया स्भिरीडेन्कोले राजीनामा दिएकी छिन्। युद्धका कारण निर्वाचन हुन नसकेको अवस्थामा मार्शल ल अन्तर्गत पदमा रहेका जेलेन्स्कीले आफ्नो प्रशासनमा नयाँ गति ल्याउने प्रयास स्वरूप समय-समयमा सरकार हेरफेर गर्दै आएका छन्। जेलेन्स्कीले प्रधानमन्त्री स्भिरीडेन्कोको प्रतिस्थापन र केही कानुन प्रवर्तन निकायका प्रमुखहरूलाई […]

Continue Reading

आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज सोमबार असार २९ का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २३ पैसा र बिक्रीदर १५२ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ७५ पैसा र बिक्रीदर १७४ रुपियाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

Continue Reading

खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिकी-इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका हुन  । यसै साता सम्पन्न अन्त्येष्टिपछि जारी […]

Continue Reading

मनसुन सक्रिय, धेरै ठाउँमा भारीदेखी अति वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, […]

Continue Reading

सडक अवरुद्ध हुँदा इलामको यातायात सम्पर्क विच्छेद

दुई दिनयता निरन्तर परेको वर्षाका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क विच्छेद भएको छ। मेची राजमार्गअन्तर्गत माइखोला स्थित राजदुवाली सडक खण्डमा चार दिनदेखि ठुला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। हिजाे आइतबार मोटरसाइकललाई आवतजावत गर्न दिइए पनि आज सोमबार सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। राजदुवाली खण्डको वैकल्पिक […]

Continue Reading

बन्दीपुरलाई स्मार्ट पर्यटकीय सहर बनाइने

प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाले समृद्ध तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै ‘ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६’ घोषणा गरेको छ। गाउँपालिकालाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्र र स्मार्ट पर्यटकीय सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न नीति तथा योजनाहरू सार्वजनिक गरिएका छन्। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार बन्दीपुर बजार क्षेत्रमा मात्र केन्द्रित पर्यटकीय […]

Continue Reading

माओवादी लडाकु कमान्डर चौधरी साढे २ करोड ठगी आरोपमा पक्राउ

क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५, चन्द्रागिरि–५ बाट पक्राउ गरेको हो। कैलाली घर भएका चौधरी लामो समयदेखि फरार रहेका थिए। प्रहरीका अनुसार चौधरीले क्यानडामा राम्रो रोजगारीको आश्वासन […]

Continue Reading

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ । करिब समुद्री सतहबाट करिब एक हजार ७०० मिटर उचाइमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो । वनको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय […]

Continue Reading