प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् ।

सरकारले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णयविरुद्ध कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले आफूलाई पदबाट हटाउनुअघि सुनुवाइको अवसरसमेत नदिइएको भन्दै पुनर्बहालीको माग गरेका छन् ।

रिटमा कार्कीले सरकारको निर्णयले प्रहरी संगठनको आदेश शृंखलामा अन्योल सिर्जना गरेको र प्रहरी नेतृत्वलाई राजनीतिक कृपामा निर्भर बनाएको जिकिर गरेका छन् । प्रहरी नियमावलीअनुसार आईजीपीको पदावधि चार वर्षको हुने उल्लेख गर्दै उनले कानुनी आधारबिना आफूलाई संगठनबाहिर सरुवा गर्नु गैरकानुनी भएको दाबी गरेका छन् ।

उनले अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यसम्बन्धी सर्वोच्च अदालतका पूर्वनजिरसमेत उल्लेख गर्दै मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।अब सर्वोच्च अदालतको आदेशले प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारको निर्णयको कानुनी वैधताबारे टुंगो लगाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *