अब सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई […]

Continue Reading

२७ लाख खर्च गरेर सजाइयो घडीअर्वा छठघाट (तस्बिर)

सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको जानकारी गराए। उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि २७ लाख रुपैयाँ खर्च हुने अनुमान […]

Continue Reading

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति ओलीको आपत्ति

दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन्। उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए। […]

Continue Reading

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी करिब ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका एक पुरुषको मृत्यु भएको छ। दुवै जनालाई उपचारका लागि जिल्ला […]

Continue Reading

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, मङ्सिर ४ गतेसम्मको समय सीमा

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) […]

Continue Reading

पार्टीका लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका देउवा समुहका सभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठुलो भएको बताएका छन्  । कांग्रेसको देउवा समूहको ललितपुरको १५औँ नियमित जिल्ला अधिवेशनको आज महालक्ष्मीस्थानमा उद्घाटन गर्दै उनले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताए  । कांग्रेस जनताको त्याग […]

Continue Reading

छठ पर्व : मधेश प्रदेशमा अर्थतन्त्र चलायमान

सप्तरीसहित मधेश प्रदेशभरि छठ पर्वको रौनक छाएको छ । सूर्यदेव र छठी माताको आराधनामा हजारौँ व्रतालु जुटिरहेका बेला पर्वले कृषि उत्पादनको बिक्री र स्थानीय व्यापारलाई गति दिएको छ । तर, छठको अवसरमा केरा, नरिवललगायत पूजासामग्रीको मूल्यमा मनपरी हुँदा बजार अनुगमन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । सप्तरीका विभिन्न पोखरी, तालतलैया, नदी तथा जलाशय गरी […]

Continue Reading

वैकल्पिक ऊर्जा अनुदानमै सीमित

वैकल्पिक तथा नवीकरणीय ऊर्जाको पहुँच विस्तार भए पनि राष्ट्रिय ऊर्जा खपतमा यसको योगदान निकै न्यून देखिएको छ । नवीकरणीय ऊर्जा क्षेत्रलाई बलियो बनाउने गरी स्थापना गरिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रलाई तीन दशक पूरा भए पनि दायरा सीमित हुँदा यो बलियो विकल्प बन्न नसकेको पाइएको छ । वैकल्पिक ऊर्जा प्रवर्र्धन केन्द्र (एइपिसी) को तीन दशकको उपलब्धिसम्बन्धी प्रतिवेदन अनुसार […]

Continue Reading

पाँच वर्षमा तेह्र हजारले सवारी दुर्घटनामा ज्यान गुमाए

देशभर पछिल्लो पाँच वर्षमा भएका एक लाख २९ हजार ७४१ सवारी दुर्घटनामा १२ हजार ९९४ जनाले ज्यान गुमाउनुका साथै एक लाख ८७ हजार १९८ जना घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग, ट्राफिक निगरानी, जनचेतना र कानुनी कारबाहीका प्रयास भइरहे पनि दुर्घटना तथा मानवीय क्षति घट्नुको सट्टा पछिल्ला दुई वर्षमा बढ्दै गएको देखिएको छ […]

Continue Reading

फोहोर सङ्कलन अवरोध विवाद : अत्यावश्यक सेवा रोक्न मिल्दैन

राजनीतिक मतभेद र अधिकार क्षेत्रको विवादमा सरसफाइ सेवा अवरुद्ध गर्नु संविधानविपरीत कार्य हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । शीतलनिवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर सङ्कलन नगर्ने काठमाडौँ महानगरपालिकाको तीन वर्षअघिको निर्णयलाई अदालतले नागरिकको मौलिक हकविपरीतको कार्यका रूपमा व्याख्या गरेको छ । २०८२ पुस २१ को फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्चले फोहोरमैला व्यवस्थापनमा तहगत […]

Continue Reading