इरान वार्तामा नफर्किए उसका पुल र पावर प्लान्टमा बम हान्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्के अर्को हप्ता इरानका ठुला पुल र ऊर्जा संयन्त्रमा प्रहार गर्ने धम्की दिएका छन् । दुई देशबिच लगातार  एक–अर्कामाथि मिसाइल हानाहान भएपछि ट्रम्पले ‘फक्स न्युज’सँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन् । ‘अर्को हप्ता उनीहरूका लागि साँच्चै नराम्रो हुन्छ । हामी उनीहरूका सबै ऊर्जा संयन्त्रलाई नष्ट गर्नेछौँ । उनीहरू वार्तामा नआए हामी उनीहरूका सबै […]

Continue Reading

अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। अहिले साउन ४ गते बिहान ६:१० बजेसम्म प्राप्त विवरणअनुसार कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्डहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन्। कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवालीस्थित मेची […]

Continue Reading

औषधीमा आत्मनिर्भरताको नयाँ पाइला

सरकारले मुलुकको एकमात्र सरकारी एलोपेथिक औषधी उत्पादक संस्था नेपाल औषधी लिमिटेडलाई पुनर्जीवित गर्ने प्रयासलाई पुनः अघि बढाएको छ । यसपटक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधी लिमिटेडसँग सहकार्य गर्दै आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी थालेको हो । उद्योग मन्त्रालयअन्तर्गत रहेको नेपाल औषधी लिमिटेडबाट हाल ११ प्रकारका अत्यावश्यक औषधी उत्पादन […]

Continue Reading

नेपालमा भोलि १ हजार बढी मेट्रिक टन डीएपी मल आइपुग्ने

नेपालमा आज  १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्दै छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज साउन ४ गते नेपाल आईपुग्न लागेकाे हाे  बाँकी रहेको मल […]

Continue Reading

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ः०० बजेसम्म पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए। अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति […]

Continue Reading

साउनको पहिलो सोमबार पशुपतिमा घुइँचो

यस वर्षको साउनको पहिलो सोमबारआज  बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिदै  साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको बताए  । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा […]

Continue Reading

उच्च अदालतमा छैन दुई वर्ष नाघेका मुद्दा

अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले ५५ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको ५५.०३३ प्रतिशत मुद्दा फर्स्योट गरेका हुन् । सर्वोच्चले कुल लगतको २९.४६ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा […]

Continue Reading

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् । सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो । उद्धार गरिएका यात्रुले आफू सुरुमा हराइरहेको […]

Continue Reading

सवारीचालक अनुमतिपत्र अब अनलाइनबाट

यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ । विभागले सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फाराममा आफ्ना व्यक्तिगत विवरण स्वतः भर्न (अटोफिल) सक्ने जनाएको छ । लाइसेन्सको दस्तुर वा […]

Continue Reading

वर्षाले करिडोरको पहिरो पन्छाउन समस्या

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका वडा ८ छिस्तीको बेलबगरमा खसेको भीमकाय पहिरोले अस्ति शनिबार बिहानैदेखि सडक अवरुद्व रहेकाे छ । सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुबाहक सवारी र खाद्यन्न बोकेर आएका मालबहाक ट्रकहरु बेलबगरमै रोकिएका […]

Continue Reading