इटालीमा हिंसा र तोडफोड गर्नेहरूलाई ५ वर्षसम्म जेल र २१ लाख रुपैयाँसम्म जरिवाना

इटालीमा हिंसात्मक प्रदर्शन गर्नेहरूले अब ५ वर्षसम्म जेल सजाय र करिब २१ लाख रुपैयाँ सम्म जरिवाना भर्नुपर्ने भएको छ। प्रधानमन्त्री जोर्जिया मेलोनीको सरकारले मंगलबार मिलान सहरका पसलहरूमा भएको लुटपाट र आगजनीपछि सुरक्षासम्बन्धी नयाँ नियमहरू स्वीकृत गरेको हो। नयाँ नियमअनुसार नाबालिगहरूले गरेको तोडफोड तथा क्षतिपूर्ति उनीहरूका अभिभावकले भर्नुपर्नेछ। साथै, १४ वर्षभन्दा माथिका बालबालिकामाथि मुद्दा चलाउने प्रक्रियालाई […]

Continue Reading

अल्बर्टामा जनमतसंग्रह : प्रारम्भिक नतिजाअनुसार अधिकांश जनता विभाजनको विपक्षमा

तेलको धनी मानिने क्यानडाको अल्बर्टा प्रान्तका मतदाताहरूले देशको अखण्डताको पक्षमा ठूलो जनमत प्रकट गरेका छन् ।सोमबार सम्पन्‍न निर्वाचनको प्रारम्भिक नतिजाअनुसार उनीहरुले क्यानडाबाट छुट्टिने प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकृत गरेको देखिन्छ । प्रारम्भिक जनमत संग्रहको नतिजाले प्रधानमन्त्री मार्क कार्नीको राष्ट्रिय एकताको अभियानलाई ठूलै बल पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध र क्यानडालाई ५१ औं राज्य […]

Continue Reading

फ्रान्समा विद्यार्थी आन्दोलन हिंसात्मक, विभिन्न क्षेत्रमा कर्फ्यु

केहीदिनयता फ्रान्समा सुरु भएको आन्दोलन र हिंसात्मक दंगापछि स्थिति नियन्त्रणमा लिन सरकारले राजधानी पेरिससहित विभिन्न क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मंगलबार बिहानसम्म रातभर शान्ति कायम राख्न ‘लक्षित कर्फ्यु’ ले सहयोग गरेको बताएका छन् । स्थानीय अधिकारीहरूले थप एक रात पनि यस्तै प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेबारे विचार गरिरहेको उनले बताए । सीएनएनलेफ्रान्समा […]

Continue Reading

फ्रान्सका प्रधानमन्त्रीले प्रदर्शनकारीलाई भने- चोर र ठग

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशका विभिन्न सहरमा फैलिएको हिंसा र तोडफोड नियन्त्रण गर्न आवश्यकताअनुसार केही क्षेत्रमा रात्रिकालीन कर्फ्यु लगाउन सकिने बताएका छन्। उनले हिंसा जारी रहे देशमा संकटकालसमेत घोषणा गर्न सकिने चेतावनी दिएका छन्। बीबीसीका संवाददाताका अनुसार हिंसात्मक प्रदर्शनबाट उत्पन्न संकटबारे पेरिसमा मन्त्रिपरिषद्को बैठक बसेपछि प्रधानमन्त्री लेकोर्नुले सुरक्षा व्यवस्थासम्बन्धी विभिन्न घोषणा गरेका हुन्। उनका अनुसार […]

Continue Reading

युद्धको छायाबीच चुनावको तयारीमा इजरायल

हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन् । निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने सङ्केतसमेत दिनेछ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली […]

Continue Reading

‘युक्रेन युद्ध अन्त्यका लागि पुटिनले गरे रुस, अमेरिका र चीनबीच शिखर वार्ताको प्रस्ताव’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न प्रस्ताव गरेका छन्।  अमेरिकी सञ्चारमाध्यम ‘वाल स्ट्रिट जर्नल’ ले जानकार स्रोतहरुलाई उद्धृत गर्दै आइतबार यस्तो खुलासा गरेको हो । तर अहिलेसम्म दुबै  देशका कुनै पनि अधिकारीले यस विषयमा सार्वजनिक टिप्पणी गरेका छैनन् […]

Continue Reading

यमन नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला साउदी अरबका दुई पाइलटको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले  एक टोही हेलिकोप्टर प्राविधिक खराबीका कारण यमनको सीमाक्षेत्र नजिक दुर्घटनाग्रस्त भएको जनाएको छ। हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो […]

Continue Reading

शान्ति वार्ता अघि बढाउन रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । आफू रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता गरिरहेको उनको भनाइ छ । ट्रम्पले प्रतिबन्ध लागू हुनुभन्दा दुई दिनअघि […]

Continue Reading

मधेशमा जसपा सरकार बन्ने, धारा १६८ (३) बमोजिम नेतृत्वमा आउदै !

मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएपछि नयाँ सरकार गठनको कसरत शुरू भएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्ने अवस्था बने पनि जसपा नेपालले तत्काल सरकार गठनमा चासो नरहेको बताएको छ । तर, प्रदेशसभाको अंकगणितले भने जसपालाई सरकारको नेतृत्व गर्ने अवसर आउन सक्ने सम्भावना देखाएको छ । साविकको […]

Continue Reading

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

युरोपभर दैनिक उपभोग्य वस्तु र सेवाको बढ्दो महँगीविरुद्ध आक्रोशित हजारौँ नागरिकहरू सडकमा उत्रिएका छन्। फ्रान्समा गत सेप्टेम्बरमा विद्यार्थीहरुले थालेको आन्दोलनमा हिजाे शनिबारसम्म आइपुग्दा धेरै समूहहरु मिसिएका थिए । जसकारण, शनिबार ठूलो आगजनी, तोडफोड र हिंसाका घटना भए । तर, शनिबार विरोध प्रदर्शन फ्रान्समै मात्र सिमित थिएन । बेल्जियम, इटाली र पोर्चुगलमा पनि शनिबार बेग्‍ला-बेग्लै रुपमा […]

Continue Reading