युद्धको छायाबीच चुनावको तयारीमा इजरायल

हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन् । निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने सङ्केतसमेत दिनेछ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली […]

Continue Reading

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले दसैंको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । दसैंको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा दिने उद्देश्यसाथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र […]

Continue Reading

बेनी–दरवाङको फापरखेत वैकल्पिक सडक सञ्चालनमा

सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फापरखेत खण्डको बैकल्पिक सडक सञ्चालनमा आएको छ । बैकल्पिक सडक सञ्चालनमा आएसँगै दसैँ मनाउन गाउँ हिडेका सर्वसाधारणहरुलाई सहज भएको छ । बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराहन्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मंगला गाउँपालिकाले […]

Continue Reading

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत असोज ९ गतेदेखि परेको अबिरल बर्षासँगै आएको बाढीपछि उत्तरी चिनसँग सीमाना जोडिएको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विस्तार गरिएको इन्टरनेट मर्मत नहुँदा सर्वसाधारणदेखि सेवासमेत प्रभावित बनेको छ । नेपाल टेलिकमबाहेक नीजि सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कले विस्तार […]

Continue Reading

‘युक्रेन युद्ध अन्त्यका लागि पुटिनले गरे रुस, अमेरिका र चीनबीच शिखर वार्ताको प्रस्ताव’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न प्रस्ताव गरेका छन्।  अमेरिकी सञ्चारमाध्यम ‘वाल स्ट्रिट जर्नल’ ले जानकार स्रोतहरुलाई उद्धृत गर्दै आइतबार यस्तो खुलासा गरेको हो । तर अहिलेसम्म दुबै  देशका कुनै पनि अधिकारीले यस विषयमा सार्वजनिक टिप्पणी गरेका छैनन् […]

Continue Reading

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। ओमानको अलअमरेत क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको नेपालले २८० रन बनाएको हो। नेपालका लागि रोहितकुमार पौडेलले ८१ बलमा २ छक्का र २ चौकासहित ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ४ छक्का र ३ चौकासहित ६९ रन र देव खनालले […]

Continue Reading

६ दिनमा आरुघाटमा बेलिब्रिज तयार,यातायात सुचारू

बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न भएको छ । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्तरुपमा मर्मतसम्भार गरेको हो । रातदिन काम गरेर छिट्टै काम सम्पन्न गरिएको सडक योजना कार्यालयले जनाएको […]

Continue Reading

यमन नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला साउदी अरबका दुई पाइलटको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले  एक टोही हेलिकोप्टर प्राविधिक खराबीका कारण यमनको सीमाक्षेत्र नजिक दुर्घटनाग्रस्त भएको जनाएको छ। हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो […]

Continue Reading

क्यानडाको सैन्य शिविरमा भीषण आगलागी, चार सैनिकको मृत्यु, दर्जनौँ घाइते

क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । शनिबार स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे क्यानडियन फोर्सेस बेस वेनराइटमा आगलागी भएको थियो । तीव्र हावाका कारण आगो छिटो फैलिएको स्थानीय प्रशासनले जनाएको […]

Continue Reading

शान्ति वार्ता अघि बढाउन रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । आफू रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता गरिरहेको उनको भनाइ छ । ट्रम्पले प्रतिबन्ध लागू हुनुभन्दा दुई दिनअघि […]

Continue Reading