बागमती किनारमा छठको उल्लास : उदाउँदो सूर्यलाई अर्घ्यदिइ छठ सम्पन्न (तस्बिर)

काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ। सूर्यदेवको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने यस महापर्वको अन्तिम दिन बिहानैदेखि थापाथलीको छठ घाटमा व्रतालु तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो।  घाटमा भेला भएका व्रतालुहरूले नदीमा उभिएर उदाउँदो सूर्यलाई ‘उषा अर्घ्य’ दिएका थिए। […]

Continue Reading

सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै

नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दाबढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्। विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा मौसमी […]

Continue Reading

पोखरा एभेन्जर्सको सहज जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध सहज जित निकालेको छ । पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । आजको हारका बाबजुद काठमाण्डुले प्लेअफमा स्थान सुरक्षित […]

Continue Reading

सन्दीपको कप्तानीमा ‘राइजिङ स्टार्स’ खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। कतारमा आयोजना हुने  प्रतियोगिताका लागि क्यानले अनुभवी र युवा खेलाडीको मिश्रणसहित टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा कप्तान लामिछानेसँगै कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद र […]

Continue Reading

नेपालले आफ्नो क्षेत्रभित्र रहेको सबै वनक्षेत्रको अब कार्बन व्यापार गर्ने

नेपालले अब आफ्नो पूरै मुलुकभरको वनजङ्गलको कार्बन व्यापार गर्ने भएको छ । केही दशक अघिसम्म काठको व्यापार मात्र गर्ने गरेको नेपालले पछिल्ला दिनमा वनजङ्गलबाट अन्तर्राष्ट्रिय बजारमा कार्बन व्यापार गर्न सुरु गरेको हो । टर्कीएको अन्तल्यामा सञ्चालन भइरहेको विश्व जलवायु सम्मेलनको ३१ औँ संस्करण (कोप–३१) को अवसरमा स्विट्जरल्यान्डको एक निजी कम्पनीसँग कार्बन व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएपछि […]

Continue Reading

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालुहरु (फोटोफिचर)

काठमाडौँको गौरीघाटमा  व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठपर्वको मुख्य दिन षष्ठी तिथि अर्थात् आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति जाग्राम बसेर भाेली सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतको समापन हुने छ । व्रतालु परिवारका सदस्य र आफन्तसहित नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ । साभारः […]

Continue Reading

पोखराविरुद्ध टस जितेर काठमाडु पहिले बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लिग चरणको २८औँ तथा अन्तिम खेलमा काठमाडु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडुका कप्तान करण केसीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो । टस हारेपछि पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्नेछ । आजको खेलमा जित निकाले काठमाडु […]

Continue Reading

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

विराटनगर किंग्स तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। निर्णायक खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको यात्रा समूह चरणमै सकिएको हो। यससँगै एनपीएलको प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले उपाधि दौडलाई निरन्तरता दिएका छन्। यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर […]

Continue Reading

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन् । मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो । कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा […]

Continue Reading

एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन

कात्तिक महिनाको अन्तिम शनिबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीन वर्षयताकै सबैभन्दा धेरै ११ हजार २ सय ७२ जनाले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिबारको संख्याले गत कात्तिक १७ गते मङ्गलबारको अभिलेख तोडेको हो। उक्त दिन १० हजार ६ सय १६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए। एकैदिन यति धेरै […]

Continue Reading