बाबुको मृत्युको बदला लिएरै छाड्ने मोज्ताबा खामेनीको प्रतिज्ञा

इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले आफ्ना बाबुको बदला लिने प्रतिज्ञा गरेका छन् । आफ्ना बाबुको अन्त्येष्टिपछि जारी गरेको पहिलो सन्देशमा इरानका सर्वोच्च नेता मुज्तबा  खामेनीले यस्ताे बताएका हुन । अन्त्येष्टीमा सहभागी भएका लाखौं मानिसहरुप्रति आभारी रहेको मोज्ताबाले बताए । इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा २८ फेब्रुअरीमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो । खामेनीको अन्त्येष्टीमा सहभागी भएकाहरुले उनको मृत्युको […]

Continue Reading

चीनमा हिमनदीको जलस्तर बढेको भन्दै भोटेकोशी आसपासमा सतर्कता अपनाउन आग्रह

चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनको जाङ्मु पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोकु हिमनदीको जलस्तर बढिरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ। […]

Continue Reading

बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमै तीन जनाको ज्यान गएको हो। दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए। “हामी अहिले उद्धार कार्यमै केन्द्रित छौँ। घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ […]

Continue Reading

तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा मनोनयन प्रमाणपत्र वितरण कार्यक्रम आज काठमाडौस्थित होटल याक एन्ड यतीमा सम्पन्न भएको छ। नेपाली चलचित्र, नेपाली कलाकार तथा नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने, विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने तथा नेपाली चलचित्रको […]

Continue Reading

‘गणेश नेपालीलाई न्याय नपाए आन्दोलन चर्काउँछौँ’

राइड सेयरिङ श्रमिक गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै अभियन्ता, सांसद तथा अधिकारकर्मीहरूले सरकारले निष्पक्ष छानबिन नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनीहरूले सरकारका नीतिका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको आरोप पनि लगाएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संघीय सांसद पार्वती विकले गरिब तथा श्रमिक वर्गप्रति राज्यको नीति असंवेदनशील बन्दै गएको टिप्पणी […]

Continue Reading

विश्वकपमा पहिलो पटक भिड्दै इङ्ग्ल्यान्ड र नर्वे

इङ्ग्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको ६० वर्ष पुगिसकेको छ । विश्व फुटबलमा बलियो राष्ट्र इङ्ग्ल्यान्डले सन् १९६६ मा जितेको सो विश्वकप अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । इङ्ग्ल्यान्ड यसपालि विश्वकप उपाधिको पर्खाइलाई समाप्त पार्ने दाउमा छ तर सो गौरव दोहर्याउन इङ्ग्ल्यान्डले अब […]

Continue Reading

आँधीका कारण ताइवानमा हजारौँ विस्तापित

जापानबाट चीनतर्फ धकेलिएको आँधी बावीका कारण ताइवानमा १४ हजार भन्दा बढी मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् भने धेरै पसल तथा व्यावसाय बन्द रहेको जनाइएको छ । बावीले आँधी ओकिनावामा हजारौँलाई प्रभावित बनाएको छ भने आइतबार बिहान चीनमा अवतरण गर्ने अपेक्षा गरिएको छ । बावीका कारण आएको तीव्र हावा र भारी वर्षाले सबैभन्दा […]

Continue Reading

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र […]

Continue Reading

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

 आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हाले छिन्। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेकी आयुक्त डा. तुलाधरलाई सो जिम्मेवारी आएको हो । आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो […]

Continue Reading

सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा (फोटो फिचर)

लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा परेको छ। शुक्रबार राति आएको बाढीका कारण होल्डिङ सेन्टर जलमग्न भएको हो। शनिबार बिहानसम्म पनि सेन्टर डुबानमै रहेको छ। डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण […]

Continue Reading