जापानमा ६.० रेक्टर स्केलको भूकम्प : समुद्रको ३५२ किमी गहिराइमा केन्द्रविन्दु

जापानको मी प्रान्तको तटीय क्षेत्र नजिकै आइतबार बिहान ६.० रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु मी प्रान्तको राजधानी त्सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो। त्सुको जनसंख्या २ लाख ५० हजारभन्दा बढी छ। भूकम्प समुद्रको सतहबाट ३५२ किलोमिटर गहिराइमा गएको हो।भूकम्पपछि कुनै सुनामीको चेतावनी जारी गरिएको छैन। हालसम्म कुनै पनि […]

Continue Reading

दुबईले पर्यटक भिसा आवेदन प्रक्रिया सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सरकारले पर्यटक भिसा आवेदन प्रक्रियालाई थप सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने भएको छ।  अब दुबई भ्रमण गर्न चाहने विदेशी नागरिकले ‘भिजिट दुबई’ को आधिकारिक वेबसाइटमार्फत सिंगल र मल्टिपल इन्ट्री पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन्। दुबईका युवराज तथा दुबई कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन राशिद अल […]

Continue Reading

पृथ्वी राजमार्ग भाेली सोमबार तीन घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड भाेली सोमबार तीन घण्टाका लागि बन्द गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा यातायात आवागमन बन्द रहने जानकारी दिएको हो। मझिमटार क्षेत्रमा पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ।सडक […]

Continue Reading

उखुको मूल्य निर्धारणमा किसान र उद्योगीबीच मतभेद, सोमबार मन्त्रालयमा निर्णायक वार्ता

उखुको समर्थन मूल्य निर्धारण गर्ने विषयमा उखु किसान र चिनी उद्योगीबीच मतभेद देखिएको छ। चालु क्रसिङ सिजन २०८३/८४ का लागि उखुको मूल्य निर्धारण गर्न सरकारले भाेली सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुवै पक्षलाई वार्ताका लागि बोलाएको छ। सिंहदरबारस्थित कृषि मन्त्रालयमा सरकारका प्रतिनिधिको रोहवरमा चिनी उत्पादक संघ र उखु उत्पादक किसान महासंघबीच हुने वार्तामा किसानको उत्पादन […]

Continue Reading

प्रधानमन्त्रीको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको खराब दिन सुरु हुने बताएका हुन्। प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।प्रधानमन्त्रीले चेतावनी कसलाई लक्षित गरेर दिएको हो […]

Continue Reading

२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ । नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लले २४ वटा स्वर्ण मेडल जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु […]

Continue Reading

रासायनिक मलमा अनुदान बढ्दो, अभाव उस्तै

सरकारले प्रत्येक वर्ष रासायनिक मलमा अनुदान रकम बढाउँदै गए पनि हरेक वर्ष धान रोप्ने समयमा मल नपाउने किसानको समस्या भने उस्तै छ । सरकारले कृषिमा विनियोजन गरेको बजेटमध्ये धेरै हिस्सा मलको अनुदानमा जान्छ तर बजार माग अनुसार आयात नहुँदा मलको अभाव भने निरन्तर छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार मुलुकमा वार्षिक न्यूनतम आठ लाख टन […]

Continue Reading

कागजमै सीमित चक्रपथ : बर्सौं बित्दा पनि काम अधुरै

मुलुकका विभिन्न सहर तथा पालिकामा घोषणा गरिएका चक्रपथ (रिङरोड) आयोजनाको भौतिक प्रगति एकदमै न्यून र निराशाजनक देखिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रको आर्थिक र सहरी विकासका लागि महत्वाकाङ्क्षी योजनाका रूपमा अगाडि सारेका चक्रपथ आयोजना बर्सौंदेखि अलपत्र वा सुस्त गतिमा छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै देशका विभिन्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित गर्न […]

Continue Reading

भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

इरानका सर्बोच्च नेता अयोतोल्लाह मोज्तबा खामेनीले शत्रु पक्षले गर्ने कुनै पनि आक्रमणविरुद्ध कडा प्रत्याक्रमण गर्न इरानी सेनालाई आदेश दिएका छन् । उनले इरानको आक्रमण कुनै पनि भूगोलमा सिमित हुन नहुने बताए । यसअघि इरानले पश्चिम एशियाली देशहरुमा मात्रै प्रत्याक्रमण गर्ने गरेको थियो । तर, खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली […]

Continue Reading

धादिङको महेशदोभानमा ईभी माइक्रो दुर्घटना, पैदलयात्रीसहित १० जना घाइते

धादिङको गल्छी गाउँपालिका-६, महेशदोभानस्थित पृथ्वी राजमार्गमा ईभी माइक्रो दुर्घटना हुँदा पैदलयात्रीसहित १० जना घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार साँझ करिब ७ बजे पोखराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७७९२ नम्बरको ईभी माइक्रो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको थियो। दुर्घटनाका क्रममा सडक छेउमा हिँडिरहेका स्थानीय सीताराम अधिकारीलाई ईभी माइक्रोले च्यापेको […]

Continue Reading