बारामा गोली चल्दा पासवान घाइते

बारामा गोली चल्दा एक जना घाइते भएका छन । फेटा गाउपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर प्रहरीले गोली चलाउदा अजित पासवान घाइते भएका हुन । घटनाका क्रममा प्रहरीले बल प्रयोग गरेको बताइएको छ। अस्पतालको विषय लिएर स्थानीय बीच दोहोरो झडप हुदा स्थिति नियन्त्रण गर्न गोली चलेको हुन सक्ने अनुमान गरिएको छ । अस्पताल उद्घाटनलाई लिएर उत्पन्न […]

Continue Reading

विवादमा आएका न्यायाधीशविरुद्ध महाअभियोगः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रमा देखिएका पछिल्ला विवादको निरूपणका लागि संसदीय प्रक्रिया नै एकमात्र संवैधानिक विकल्प भएको ठहर गरेको छ । अर्थात् विवादमा आएका न्यायाधीशलाई पद छोड्न दबाब सिर्जना भएको छ । यदि उनीहरुले पदबाट राजीनामा नदिए संसदमा महाअभियोग दर्ता हुनेछ । शनिबार पार्टीको केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकले न्यायपालिकाको समग्र पुनर्संरचनाका […]

Continue Reading

विराटनगर र सुदूरपश्चिमबिच ५–५ ओभरको खेल हुदै

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच ५–५ ओभरको खेल हुदैछ । वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हिलो भएकाले ढिलो गरी छोट्याएर खेल गर्न लागिएको हो। शनिबारको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल भने रद्द गरिएको थियो।

Continue Reading

मिडियामाथि धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

मिडियामाथि प्रहरीबाट भएको धरपकड घटनाको छानबिन गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई निर्देशन दिएको छ। पार्टी शनिबार बसेको सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो। प्रवक्ता जगदीश खरेललले  त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीको सन्दर्भमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको बताए।  उनी भन्छन्, ‘पत्रकार […]

Continue Reading

कर्णालीका हिमाली जिल्लामा हिमपात

हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो । डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकामा हिमपात भइरहेको स्थानीयले […]

Continue Reading

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबिचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए  । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान […]

Continue Reading

हेटौँडा–काठमाडौँ छोटो दुरीको सडक बन्द

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह […]

Continue Reading

पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध

रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ । वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिदै राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका […]

Continue Reading

उपल्लो मुस्ताङमा भारी हिमपात

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका सामान्यदेखि भारी हिमपात भएको हो । पश्चिमी वायुको आंशिक प्रभावसँगै तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, लोमन्थाङको बस्तीमा हिमपात भइरहेको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको […]

Continue Reading

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् । विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, […]

Continue Reading