आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राती र आइतबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज राति देशका पहाडी भूभाग, कोशी, […]

Continue Reading

भारतले सञ्चालनमा ल्यायो हाइड्रोजन रेल

भारतले पहिलो ‘हाइड्रोजन रेल’ सञ्चालनमा ल्याएको छ  ।  प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेल्वे स्टेसनबाट पहिलो ‘हाइड्रोजन रेल’ को उद्घाटन गरेका हुन् । उक्त रेलको नाम ‘नमो ग्रिन रेल’ राखिएको छ । उक्त रेल प्रारम्भिक रूपमा हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ  । उक्त रेलमार्गमा जिन्द, गोहाना र सोनीपतसहित विभिन्न स्टेशन तथा हल्टमा सेवा प्रदान दिनेछ । हाइड्रोजनबाट […]

Continue Reading

मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित

९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ । सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने र नियन्त्रणका लागि विशेष कानुन बनाउने प्रतिबद्धता जनाएको छ । गत २५ असारमा धनुषाको जनकपुरस्थित तृतियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि ३२ असारमा गृहमन्त्री सुदन गुरुङ र […]

Continue Reading

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड बढी हिनामिना भएको निष्कर्ष

नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता […]

Continue Reading

देशभरका छ वटा राजमार्ग अवरूद्ध

निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरूद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्याङ्कअनुसार बाढीपहिरो, डुबानलगायत कारणले छ वटा राजमार्ग अवरूद्ध भएका हुन् । बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ । बिपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै […]

Continue Reading

बागमती प्रदेशमा अब ८ मन्त्रालय मात्र

प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरिएको हो। वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आठ मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री […]

Continue Reading

कङ्गोमा इबोलाको प्रकोप उच्च, सङ्क्रमीतको सङ्ख्या दुई हजार नाघ्यो : डब्ल्यूएचओ

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोप उच्च भएको चेतावनी दिदै दुई हजार १०० जनामा सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । जेनेभामा आयोजित पत्रकारसँगको साक्षातकारमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सक्रिय सशस्त्र द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रमा उपचारको पहुँचमा बाधा पुगेको र प्रतिक्रिया अपरेसनको प्रभावकारितालाई सीमित पारेको बताएका छन् । […]

Continue Reading

कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी भएको छ ।स्थानान्तरण गरेर ल्याइ संरक्षण गरेको छोटो समयमै कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी भएको हो । कृष्णसार व्यवस्थापनका लागि निर्धारण गरिएको क्षेत्रको तुलनामा सङ्ख्या धेरै भएपछि व्यवस्थापन, संरक्षण लगायतमा समस्या भएको छ । निकुञ्ज कार्यालयका अनुसार ४२ बाट […]

Continue Reading

रेल यातायातको इतिहास बोकेको चुरियामाई सुरुङ खुल्दै

दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङ अब खुल्ने भएको छ । हेटौंडा–१५ स्थित चुरियामाई सुरुङको सञ्चालन जिम्मेवारी चुरियामाई सुरुङ संरक्षण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । हेटौंडा उप महानगरपालिकाले चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिसँग सम्झौता गरी  जिम्मेवारी दिएको हो । सम्झौतापत्रमा उपमहानगर प्रमुख मीनाकुमारी लामा तथा समिति अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गरेका […]

Continue Reading

के तेस्रो स्थानका लागि हुने खेलको गोल पनि गोल्डेन बुटको दौडमा काउन्ट हुन्छ ?

फिफा विश्वकप २०२६ ले फाइनल प्रतिस्पर्धी पाइसकेको छ। जुलाई १९ मा हुने फाइनल खेलमामा अर्जेन्टिना र स्पेनले प्रतिस्पर्धा गर्नेछन्। यस्तै, सेमिफाइनलबाट बाहिरिएका इंग्ल्याण्ड र फ्रान्सले शनिबार तेस्रो स्थानका भिड्दैछन्। विश्वकपको दुई खेल बाँकी रहँदा गोल्डेन बुट कसले जित्ला भन्ने कौतुहलता सबैमा परेको छ। यस्तै, उपाधिको रेसबाट बाहिरिएका तेस्रो स्थानका लागि खेल्ने खेलाडीको गोल यसमा काउन्ट […]

Continue Reading