यो साता देशका यी स्थानमा हुने छ मुसलधारे वर्षा

याे साता देशभर नै मनसुनी वायूको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा आसपास नै रहने छ भने साताको अन्त्यमा नेपालको पश्चिमी भू-भागमा सरदर स्थान भन्दा उत्तरतिर सर्ने छ। हिमाली भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा र […]

Continue Reading

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन  । गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । शनिबार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो […]

Continue Reading

भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन। युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी सङ्गठन र विपक्षी दलको लगातारको विरोध प्रदर्शनपछि उनको राजीनामा आएको हो। आन्दोलनरत पक्षले […]

Continue Reading

स्ट्रेट अफ होर्मुजमा ढुवानी रक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारी

संयुक्त राज्य अमेरिका र बेलायतले आगामी  हप्ता लन्डनमा स्टेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने उदेश्यले उच्च स्तरीय बैठक आयोजना गर्ने योजना बनाइरहेको एक्सियोसले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । युरोपेली कूटनीतिज्ञ र यस विषयमा परिचित स्रोतलाई उद्धृत गर्दै, एक्सियोसले बैठकमा अमेरिकी रक्षा सचिव पीट हेग्सेथ लगायत पश्चिमी र […]

Continue Reading

हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्य पूर्व युद्धबिच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीले शनिबार साउदी अरबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । यो सँगै लगातार १३ औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यमा आक्रमण गरेपछि शनिबार पुनः  आक्रमणको घोषणा गरेको छ । यद्यपी हुथी विद्रोहीले दक्षिणी साउदी सहर […]

Continue Reading

पहिरो हटाइएपछि कर्णाली राजमार्ग सञ्चालनमा

कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। गएराति करिब ८ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए। […]

Continue Reading

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

मकवानपुरको पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडाबाट वीरगञ्ज जाने मार्गको छेउ चुरे पर्वत शृङ्खलामा अवस्थित चुरियामाईको मन्दिर यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो। चुरे पर्वत शृङ्खलामा रहेकाले पनि यस तीर्थस्थललाई चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फअर्थात् वीरगञ्ज जाने महेन्द्र राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको यो मन्दिरमा हेटौँडा आसपासका […]

Continue Reading

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज उपमहानगरपालिकाले देश र समाजका लागि अतुलनीय योगदान दिएका ऐतिहासिक व्यक्तित्वहरूको स्मृतिमा निर्माण गरिएका शालिक पुनर्निर्माण गरी शनिबार एकै दिन पुनःअनावरण गरेको छ। विभिन्न आन्दोलनका क्रममा क्षति पुगेका छ वटा शालिक पुनर्निर्माण गरी पुनःअनावरण गरिएको हो। साथै, नेपालगञ्जको ट्राफिक चोक नजिक पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ शालिकसमेत निर्माण गरी अनावरण गरिएको छ। उपमहानगरपालिकाले ऐतिहासिक तथा […]

Continue Reading

प्राइम टाइम छाडेर मोदीले रोजेको इन्स्टाग्रामको राजनीतिक अर्थ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति ११:५२ बजे देशभरका युवा आन्दोलनसँग सम्बन्धित विषयमा आफ्नो इन्स्टाग्राम खाताबाट भिडियो सन्देश सार्वजनिक गरे। राजनीतिक विश्लेषकहरूले यसलाई युवापुस्तालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने नयाँ डिजिटल रणनीतिका रूपमा व्याख्या गरेका छन्। मोदीले यसअघि नोटबन्दी, कोभिड-१९ महामारी वा राष्ट्रका महत्वपूर्ण विषयमा प्रायः प्राइम टाइममा टेलिभिजन र सरकारी युट्युब च्यानलमार्फत राष्ट्रलाई सम्बोधन गर्ने […]

Continue Reading

स्पेन र फ्रान्समा डढेलो १ लाख ४० हजार मानिस विस्थापित,म्याड्रिडमा सङ्कटकाल घोषणा

स्पेनको राजधानी म्याड्रिड नजिकै भीषण डढेलो फैलिएपछि स्पेन सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ। पश्चिमी म्याड्रिडका तीनवटा फरक-फरक डढेलो आपसमा गाभिएर एउटा विशाल रूप लिएपछि अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन नसकिएको बताएका छन्। अत्यधिक तापक्रम, तीव्र हावाहुरी र डढेलोका ज्वालाहरू आपसमा मिसिएका कारण स्थिति जटिल बनेको छ। म्याड्रिड क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई ‘क्षेत्रकै इतिहासकै […]

Continue Reading