अमेरिकी मध्यावधि निर्वाचनको असर एआई बजारमा, प्रविधि कम्पनीको मूल्यांकनमाथि प्रश्न

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा थप नियमन हुन सक्ने आशंकाले विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ । विशेषगरी एआई प्रविधिमा लगानी गरेका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि एआई तथा डाटा सेन्टर विस्तारमा कडा नियम […]

Continue Reading

सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेन

सुदूरपश्चिम प्रदेश सरकारले झन्डै तीन महिना ढिलो गरी ल्याएको बजेटको चौतर्फी विरोध भएपछि पूरक बजेट ल्याउने सर्तमा गत असोज २७ गते बजेट पारित भएको थियो। पूरक बजेट ल्याउन संसदीय समिति गठन गरी कात्तिक २० गतेसम्म प्रतिवेदन बुझाउने भनिएको थियो। सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा यस्तो निर्णय सुनाएका थिए। तर, प्रतिवेदन बुझाउने समयसीमा शुक्रबार सकिएको छ। […]

Continue Reading

तिहारकाे किनमेल असन बजारमा भीडभाड

तिहार नजिकिएसँगै काठमाडौँको असन बजारमा भीडभाड निकै बढेको छ ।तिहारका लागि आवश्यक भाइमसला, फूलमाला, दियो, पाला, अन्य पूजा सामग्री, कपडा लगायत सामान किनमेल गर्नेको भीड देखिन्छ ।

Continue Reading

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकि हुन  । प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई […]

Continue Reading

नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघको अगुवाइमा सन् २०१४ देखि आयोजना हुँदै आएको सम्मेलन यस वर्ष नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनमा […]

Continue Reading

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक पोस्टमार्फत पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास लिने आफ्नो मनसाय सार्वजनिक गरेका छन्। यससँगै फुटबल इतिहासकै सबैभन्दा शानदार अन्तर्राष्ट्रिय करियरमध्ये एकको अन्त्य भएको छ। रोनाल्डोको कप्तानीमा टोलीले युरो २०१६ मा आफ्नो पहिलो प्रमुख उपाधि जित्यो, साथै उनले सन् २०१९ र २०२५ को नेसन्स लिग जित्न पनि टोलीलाई मद्दत गरेका थिए । “यो निर्णय […]

Continue Reading

सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना

तिहार आउन थालेपछि नेपालीका घर आँगन फूलले सजिन थाल्छन् । सयपत्रीका पहेँला र सुन्तला रङ, मखमलीको गाढा सौन्दर्य अनि फूल मालामा गाँसिएको धागोले गाउँदेखि सहरसम्म पर्वको रौनक थप्छ । दाजुभाइ र दिदीबहिनीबिचको स्नेह, लक्ष्मीपूजाको उज्यालो र देउसी भैलोको सांस्कृतिक उल्लाससँग फूलको सम्बन्ध अभिन्न रूपमा जोडिएको छ । यही फूलको उत्सवमा यस वर्ष इलामले नयाँ रङको […]

Continue Reading

बिर्तामोडमा आगलागी, ६ करोडको क्षति

झापाको  बिर्तामोडमा भएको आगलागीबाट करिब ६ करोड बराबरको भौतिक क्षति भएको छ । बुधवार  बिर्तामोड ४ स्थित राजेश मण्डलको दुई तले घरबाट आगो सल्किएको थियो ।  राजेश मण्डलको दुईतले पक्की घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् […]

Continue Reading

दुवै सदनमा डेमोक्रेटिकको बहुमत

अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अमेरिकामा अस्ती मङ्गलबार मध्यावधि निर्वाचन भएको थियाे […]

Continue Reading

पश्चिमी वायुको आंशिक प्रभाव : आज पहाडी क्षेत्रमा हल्का वर्षा

हालदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा  हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती […]

Continue Reading