सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका अनुसार  हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २  अर्वेनी राक्सेमा आइतबार साँझ सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । आइतबार राती भएकाले पहिरो पन्छाउने कार्य सम्भव नभएको र सोमबार बिहानबाट पहिरो पन्छाउने कार्य हुने उनले […]

Continue Reading

नाटो सदस्यताको बदलामा डोनबास छाड्न युक्रेनलाई अमेरिकाको प्रस्ताव

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्यताको बदलामा पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट बाँकी सेना फिर्ता बोलाउने विषयमा अमेरिकी वार्ताकारहरूले विचार अघि सारेको बताएका छन्। यद्यपि, अमेरिकाले जेलेन्स्कीको यो भनाइको औपचारिक पुष्टि गरेको छैन। एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै धेरै विचारहरूमाथि छलफल जारी रहेको तर कुनै पनि अन्तिम सम्झौतामा दुवै पक्ष […]

Continue Reading

अर्घाखाँचीमा चारवटा गाडी एकापसमा ठोक्किए

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा चारवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शीतगंगा नगरपालिका–१२, बसेरीमा सुपादेउराली दर्शन गरेर फर्किँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०७८५ नम्बरको ईभी हाइसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो । उक्त ईभी हाइसले ठक्कर दिँदा लु १ ज ४१९४ नम्बरको कार, लुम्बिनी प्रदेश ०१–००१ ज ०६४६ नम्बरको गाडी र लु […]

Continue Reading

डीडीसी घोटालामा सीआईबीको सूक्ष्म अनुसन्धान– कृषि फार्मको पैसा कर्मचारीको खातामा !

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का ९ जना कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध संस्थानको १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुरूमा कात्तिक १३ गते संस्थानका तत्कालीन महाप्रबन्धक तथा वर्तमान प्रशासन तथा व्यवस्थापन विभागका प्रमुख सञ्जीव […]

Continue Reading

७ मंसिरदेखि जनकपुर–अयोध्या द्रुत रेल

नेपाल र भारतका प्रमुख सांस्कृतिक नगरी जनकपुरधाम र अयोध्याबिच साप्ताहिक ‘द्रुत रेलसेवा’ सुरु हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ मंसिरमा नयाँदिल्लीबाट भिडियोमार्फत रेलसेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तय भएको हो । प्रारम्भिक कार्यतालिकाअनुसार ७ मंसिरको अपराह्न नयाँदिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्रीद्वय शाह र मोदीले रेलवे सेवाको उद्घाटन गर्नेछन् । भारतीय रेलवेले […]

Continue Reading

सोमबार सार्वजनिक बिदाका दिन करदाता कार्यालय र बैंक खुला रहने

सरकारले सोमबार सार्वजनिक बिदा दिएपनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै करदाताहरूलाई सहजीकरण गर्नका लागि कार्यालयहरू खुला राख्न निर्देशन दिएको हो। गृह मन्त्रालयको आइतबार छठ पर्व भएपनि त्यसको भोलिपल्ट कात्तिक ३० गते सार्वजनिक बिदा दिएको छ। तर, उक्त दिन कात्तिक महिनाको मसान्त पर्ने भएकाले राजस्व परिचालनका […]

Continue Reading

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबीच मतभेद

विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ।एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे राष्ट्रहरूबीच अन्योल बढेको हो। संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था अब निकट र टार्न नसकिने […]

Continue Reading

मुगुमा भएको जिप दुर्घटनामा काठमाडौंका तीन जनाको मृत्यु

मुगुमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  मुगु छायानाँथ रारा नगरपालिका–७ टोप्ला स्थित ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स जिप आइतबार दिउँसो दुर्घटना भएको हो । बा १७ च १८६४ नम्बरको हाईलक्स गाडी अचानक सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा दुर्घटना भएको जिप्रका […]

Continue Reading

नेपालले आफ्नो क्षेत्रभित्र रहेको सबै वनक्षेत्रको अब कार्बन व्यापार गर्ने

नेपालले अब आफ्नो पूरै मुलुकभरको वनजङ्गलको कार्बन व्यापार गर्ने भएको छ । केही दशक अघिसम्म काठको व्यापार मात्र गर्ने गरेको नेपालले पछिल्ला दिनमा वनजङ्गलबाट अन्तर्राष्ट्रिय बजारमा कार्बन व्यापार गर्न सुरु गरेको हो । टर्कीएको अन्तल्यामा सञ्चालन भइरहेको विश्व जलवायु सम्मेलनको ३१ औँ संस्करण (कोप–३१) को अवसरमा स्विट्जरल्यान्डको एक निजी कम्पनीसँग कार्बन व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएपछि […]

Continue Reading

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालुहरु (फोटोफिचर)

काठमाडौँको गौरीघाटमा  व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठपर्वको मुख्य दिन षष्ठी तिथि अर्थात् आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति जाग्राम बसेर भाेली सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतको समापन हुने छ । व्रतालु परिवारका सदस्य र आफन्तसहित नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ । साभारः […]

Continue Reading