आजकाे विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० […]

Continue Reading

बार्सिलोनालाई तीन अंकको अग्रता

फेरमिन लोपेजको दुई गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ र शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । यो नतिजापछि बार्सिलोनाको १२ खेलबाट ३३ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ३० अंकसहित दोस्रो स्थानमा छ । एटलेटिको भने २८ अंकमा सीमित रहेर तेस्रो स्थानमा छ । एटलेटिकोले जुलियानो सिमोनीको […]

Continue Reading

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् । “किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै शङ्का छैन,” एक प्रत्यक्षदर्शीले […]

Continue Reading

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डमा २१ गते  शनिबार सम्पन्न संसदीय चुनावमा कुनै पनि राजनीतिक दलले स्पष्ट जित हासिल गर्न नसकेपछि नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ। प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा भने आउन बाँकी  छ । सत्तारुढ दक्षिणपन्थी गठबन्धन र विपक्षी वामपन्थी गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ। चुनावमा […]

Continue Reading

आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्ला। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौँको भौतिक क्षति व्यहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै गत […]

Continue Reading

अमेरिकी मध्यावधि निर्वाचनको असर एआई बजारमा, प्रविधि कम्पनीको मूल्यांकनमाथि प्रश्न

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा थप नियमन हुन सक्ने आशंकाले विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ । विशेषगरी एआई प्रविधिमा लगानी गरेका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि एआई तथा डाटा सेन्टर विस्तारमा कडा नियम […]

Continue Reading

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकि हुन  । प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई […]

Continue Reading

नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघको अगुवाइमा सन् २०१४ देखि आयोजना हुँदै आएको सम्मेलन यस वर्ष नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनमा […]

Continue Reading

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक पोस्टमार्फत पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास लिने आफ्नो मनसाय सार्वजनिक गरेका छन्। यससँगै फुटबल इतिहासकै सबैभन्दा शानदार अन्तर्राष्ट्रिय करियरमध्ये एकको अन्त्य भएको छ। रोनाल्डोको कप्तानीमा टोलीले युरो २०१६ मा आफ्नो पहिलो प्रमुख उपाधि जित्यो, साथै उनले सन् २०१९ र २०२५ को नेसन्स लिग जित्न पनि टोलीलाई मद्दत गरेका थिए । “यो निर्णय […]

Continue Reading

दुवै सदनमा डेमोक्रेटिकको बहुमत

अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अमेरिकामा अस्ती मङ्गलबार मध्यावधि निर्वाचन भएको थियाे […]

Continue Reading