आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज सोमबार असार २९ का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २३ पैसा र बिक्रीदर १५२ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ७५ पैसा र बिक्रीदर १७४ रुपियाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

Continue Reading

खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिकी-इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका हुन  । यसै साता सम्पन्न अन्त्येष्टिपछि जारी […]

Continue Reading

सिङ्गापुरलाई १५१ रनले पराजित गर्दै नेपालको शानदार जित

एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको थियो। नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछाएको सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो। सिङ्गापुरको लागि अंकिता वर्षा राजले सर्वाधिक […]

Continue Reading

‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ’ भन्ने फोनले मुम्बई प्रहरीमा हलचल

 ‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ ।’ आइतबार बिहान सबेरै मुम्बई प्रहरीमा आएको एउटा फोन कलले प्रहरी संयन्त्रलाई उच्च सतर्कतामा पुर्‍यायो । फोन आए लगत्तै सुरक्षा निकाय सक्रिय भए र मुम्बईको चर्चित ताज होटलमा खोजी अभियान चलाइयो । धेरै चरणको जाँचपछि पनि प्रहरीले होटलमा कुनै विस्फोटक पदार्थ वा कुनै अप्रिय घटनाको संकेत फेला पारेन […]

Continue Reading

चीनमा दोस्रो ठूलो ‘बावी’ आँधी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

चीनमा शक्तिशाली आँधी ‘बावी’ ले प्रवेश गरेको छ । एक हप्ताभित्रै चीनलाई प्रभावित पार्ने यो दोस्रो ठूलो आँधी हो ।आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसको मार्गमा पर्ने क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम विभागका अधिकारीहरूका अनुसार ‘बावी’ शनिबार साँझ पहिलो पटक ताइझोउ शहरको तटमा ठोक्किएको थियो । त्यसपछि राति यो […]

Continue Reading

कतारका पूर्वअमिर शेख हमद बिन खलिफाको निधन

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान उनको निधन भएको कतार सरकारले जनाएको छ। शेख हमद सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर थिए। उनी आधुनिक कतारको निर्माणका प्रमुख शिल्पीमध्ये एक मानिन्छन्। उनको नेतृत्वमा कतारले प्राकृतिक ग्यासको आम्दानीका आधारमा तीव्र आर्थिक विकास गर्दै विश्व कूटनीति,लगानी र […]

Continue Reading

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हरायो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि स्विट्जरल्यान्डका डान एन्डोयले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो (दोहोरो पँहेलो) कार्ड पाउँदै बाहिरिएपछि स्विट्जरल्यान्ड […]

Continue Reading

कंगोमा इबोला सङ्क्रमणले कम्तिमा ६४८ जनाको मृत्यु

कंगोमा इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । त्यसैगरी, शनिबारसम्म  एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश  भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले सोपो र हाउत-उएले प्रान्तलाई पनि इबोलाबाट अति प्रभावित […]

Continue Reading

इरानलाई ट्रम्पको कडा धम्की: ‘मेरो हत्या प्रयास भएमा सारा इरान ध्वस्त गरिदिन्छुु’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रहार गर्नका लागि १ हजारवटा मिसाइलहरु तयारी अवस्थामा राखिएको बताएका छन् । उनले आफ्नो हत्या गर्ने प्रयास भएमा इरानमाथि थप हजारौं मिसाइल प्रहार गर्ने चेतावनी दिएका छन् ।  ‘१००० मिसाइलहरू लक र लोड गरेर इरानतर्फ लक्षित गरिएका छन् । यदि इरानी सरकारले विश्वका धेरै कुनाहरूमा दाबी गरे जस्तै मलाई!—हत्या गर्ने प्रयास गर्‍यो तुरुन्तै अरू […]

Continue Reading

विश्वकपमा सहभागी दक्षिण अफ्रिकी खेलाडी एडम्सको निधन

विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेयडेन एडम्सको शनिबार निधन भएको छ । दक्षिण अफ्रिकाले समूह चरणमा खेलेका तीनै खेलमा २५ वर्षीय खेलाडी एडम्सले खेल्ने अवसर पाएका थिए । दक्षिण अफ्रिकी खेलकुद मन्त्री गेयटन म्याकेन्जीले एडम्सको निधन भएको पुष्टि गरेका छन् । उनले बीबीसीलाई भनेका छन्, ‘दक्षिण अफ्रिकी फुटबलले एडम्सका रूपमा प्रतिभाशाली खेलाडी गुमाएको […]

Continue Reading