इटालीका ६ हजार ३०० विद्यालयमा बमको धम्की, मेलोनीद्वारा उच्चस्तरीय बैठक आह्वान

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ ।देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन ।

राजधानी रोमसहित नेपल्स, मिलान, जेनोआ, फ्लोरेन्स, पिसा र ट्रिएस्टेका विद्यालयहरूमा समेत धम्की आएको थियो । सावधानीका रूपमा विभिन्न विद्यालय भवन खाली गराइएको थियो ।इटालीका शिक्षामन्त्री ग्युसेपे वाल्दिताराले यसलाई वास्तविक सुरक्षा खतरा भन्दा पनि साइबर आक्रमणको प्रयासजस्तो देखिएको बताएका छन् । उनले इटालीसहित युरोपका अन्य देशमा पनि यस्ता गतिविधि भइरहेको उल्लेख गरेका छन् ।

घटनालाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्री जर्जिया मेलोनीले वरिष्ठ मन्त्रीहरू तथा गुप्तचर निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक आह्वान गरेकी छन् । उनले विपक्षी दलका नेताहरूसँग पनि छलफल गर्ने तयारी गरेकी छन् ।

प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमार्फत धम्कीहरू सर्वसाधारणमा डर र त्रास फैलाउने रणनीतिको हिस्सा हुन सक्ने बताएकी छन् । प्रारम्भिक अनुसन्धानमा हालसम्म कुनै ठोस सुरक्षा खतरा फेला नपरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *