गाजामा हमासले गर्‍यो सरकार विघटनको घोषणा

प्यालेस्टिनी समूह हमासले करिब दुई दशकदेखि गाजामा आफ्नो नेतृत्वमा चलिरहेको सरकार विघटन गर्ने निर्णय गरेको छ ।गाजाको सरकारी मिडिया कार्यालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल-फराले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय गरेका छन् । यो कदम सहमतिका व्यवस्थाहरू कार्यान्वयन गर्न र प्रशासनिक संक्रमण […]

Continue Reading

हर्मुजमा ट्याङ्करमाथि प्रहार, तनाव चुलियो

इरानका स्वर्गीय सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक ट्याङ्करमाथि प्रहार भएको छ ।ओमानको तट नजिक यात्रा गरिरहेको प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्याङ्करमा मङ्गलबार बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ । घटनाले यस क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान–अमेरिका तनावलाई […]

Continue Reading

अमेरिकालाई हराउँदै बेल्जियम अन्तिम आठमा

फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ । बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे  भने हान्स […]

Continue Reading

तेहरानमा लाखौँ श्रद्धाञ्जलि, नयाँ सर्वोच्च नेता मोज्तबाको अनुपस्थिति रहस्यमय

इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको राजकीय अन्त्येष्टि समारोह शनिबार तेहरानमा सुरु भएको छ। राजधानी तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मोसल्ला परिसरमा बिहानैदेखि लाखौँ श्रद्धालु भेला भएका छन्। अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमणमा खामेनेई र उनका परिवारका सदस्यहरूको मृत्यु भएपछि आयोजित यो अन्त्येष्टि छ दिनसम्म सञ्चालन हुने इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्। अत्यधिक गर्मी र लूका […]

Continue Reading

रूसी आक्रमणमा ११ जना मारिएपछि जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग मागे थप सहायता

रूसको पछिल्लो मिसाइल आक्रमणमा कीभमा ११ जनाको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप पेट्रियट मिसाइलको माग गरेका छन्। आइतबार रातिको मिसाइल आक्रमणमा युक्रेनको राजधानी कीभमा कम्तीमा ११ जनाको मृत्यु र ४६ जना घाइते भएका छन्। त्यसपछि जेलेन्स्कीले थप अमेरिका लगायत पश्चिमा राष्ट्रसँग पेट्रियट रक्षात्मक मिसाइलका लागि आह्वान गरेका छन्। ‘विश्व, विशेष गरी संयुक्त राज्य अमेरिका […]

Continue Reading

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ। युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन्। सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) […]

Continue Reading

पोर्चुगल-स्पेन विश्वकपमा आज भिड्दै

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा स्पेनको सामना गर्दैछ । यी दुई टोलीबीच अन्तिम पटक सन् २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो, जुन खेल ३–३ को बराबरीमा टुंगिएको थियो, उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगिज स्ट्राइकर रोनाल्डो उत्कृष्ट लयमा छन् र उनले यस प्रतियोगितामा हालसम्म ३ गोल गरिसकेका छन्। […]

Continue Reading

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज  राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरू सहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको […]

Continue Reading

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा–दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले सुरुमा भदौ ७ गतेदेखि एक महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा […]

Continue Reading

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, औषधिको परीक्षण हुँदै

प्रजातान्त्रिक गणतन्‍त्र कंगोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ । त्यस्तै कम्तिमा ४९२ जनाकाे मृत्यु भएकाेछ । कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् । त्यस्तै, ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि […]

Continue Reading