चीनद्वारा ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर प्रदान

चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबिच गाउँपालिकाले प्राप्त गरेको छ । तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी […]

Continue Reading

राष्ट्रसङ्घीय सुरक्षा पोस्टमा नेपाली महिला शान्ति सैनिकलाइ पुर्ण जिम्मेवारी

राष्ट्रसङ्घको विश्वकै अग्लो स्थायी रूपमा सञ्चालनमा रहेको सुरक्षा पोस्ट ‘हर्मोन होटेल’ को सुरक्षा जिम्मेवारी पहिलो पटक पूर्ण रूपमा नेपाली महिला शान्ति सैनिकले समालेका छन् । सन् २०२६ अक्टोबरको पहिलो साता नेपालका १३ जना महिला शान्ति सैनिकको टोलीले संयुक्त राष्ट्रसङ्घीय युद्धविराम पर्यवेक्षण बल (अनडफ) अन्तर्गत सिरियाको माउन्ट हर्मोनमा रहेको उक्त पोस्टको जिम्मेवारी औपचारिक रूपमा समालेका हुन् […]

Continue Reading

सरकारी वेबसाइटलाई सुरक्षित बनाउन निर्देशन

वेबसाइटबाट आदानप्रदान हुने सूचना सुरक्षित राख्न सुरक्षा प्रमाणपत्र अनिवार्य गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बुधबार सरकारी निकायका वेबसाइट सुरक्षित बनाउन वैध सुरक्षा प्रमाणपत्र (एसएसएल तथा टिएलएस) अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो । यस्तो प्रमाणपत्रले वेबसाइट र प्रयोगकर्ताबिचको सूचना सुरक्षित राख्न मद्दत गर्छ । यसका लागि वेबसाइटमा सुरक्षित सञ्चार प्रणाली (एचटिटिपिएस) प्रयोग […]

Continue Reading

काठमाडौँ फिल्म फेस्टिभलको तयारी

काठमाडौँ महानगरपालिकाको आयोजनामा भाेली शुक्रबारदेखि कात्तिक १३ गतेदेखि काठमाडौँ फिल्म फेस्टिभल आयोजना गदैर छ । काठमाडौँको कला, संस्कृति तथा सम्पदाको प्रवर्धन, नेपाली चलचित्रको संरक्षण र रचनात्मक उद्योगको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । तीनदिने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेतृ शवाना आजमी, साङ्घाई फिल्म एकेडेमी, फिल्म आर्ट्स रिसर्च सेन्टरका […]

Continue Reading

स्पेन रेल दुर्घटना : मृ’त्यु हुनेको संख्या ६४ पुग्यो

स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ। दुर्घटनामा कम्तिमा ६४ जनाको मृत्यु भएको कास्टिला–ला मान्चाको क्षेत्रीय सरकारले जनाएको छ। दुर्घटनाको समयमा एक आपसमा ठोक्किएका रेन्फे रेल र इरियो रेलको गति २०० देखि २१० किलोमिटर प्रतिघण्टा भएको अनुमान गरिएको छ। स्थानीय समय अनुसार बिहान ९ बजे यो घटना भएको थियो। अधिकारीहरूले […]

Continue Reading

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि

इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ । विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान छ । इजरायली संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक हुन्छ । निर्वाचनअघि सार्वजनिक भएका मत सर्वेक्षणहरूले नेतान्याहुको हार हुन सक्ने […]

Continue Reading

क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा १० विदेशी पक्राउ

पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ । […]

Continue Reading

‘अर्नब’ चक्रवात जमिनमा प्रवेश : बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ । विभागका मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा […]

Continue Reading

दास व्यापारको पीडादायी इतिहास स्वीकार्ने राजा चार्ल्सको भनाइ, तर क्षतिपूर्ति भने नदिने

बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले […]

Continue Reading

हुथीको ड्रोन आक्रमणमा उजाडियो महतो परिवारको सपना

महोत्तरीको पिपरा गाउँपालिका–१ ढेकाहास्थित एक घरको आँगनमा छरछिमेकीहरूको बाक्लो उपस्थिति थियो । उनीहरू सबै शोकमा देखिन्थे । आफैंलाई सम्हाल्न नसक्ने गरी भुइँमा थचक्क बसेकी थिइन्, ४१ वर्षीया इन्द्रिकादेवी महतो । साउदी अरबमा रोजगारीमा रहेका पति भरत महतो (४५) को ४ कात्तिकमा ड्रोन आक्रमणमा परी मृत्यु भयो । इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमाथि एकपछि अर्को गर्दै गरिरहेको आक्रमणको यो […]

Continue Reading