इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ ।

विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान छ । इजरायली संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक हुन्छ । निर्वाचनअघि सार्वजनिक भएका मत सर्वेक्षणहरूले नेतान्याहुको हार हुन सक्ने अनुमान गरेका थिए ।

तर मतगणनाको प्रारम्भिक परिणाममा उनको गठबन्धनले अग्रता लिन सफल भएको हो । इजरायली समाचार संस्था कान ११ र च्यानल १३ ले सार्वजनिक गरेका पछिल्ला एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान गरिएको छ ।

च्यानल १२ को एक्जिट पोलमा भने आइजेन्कोट नेतृत्वको गठबन्धनले ५० र नेतान्याहुको गठबन्धनले ५२ सिट जित्ने अनुमान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुको अग्रताको श्रेय आफूलाई दिएका छन् । आफ्नो समर्थनपछि निर्वाचनको माहोल परिवर्तन भएको दाबी उनले सामाजिक सन्जालमार्फत् गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *