जङ्गलको सडकमा ठुलो अजिङ्गर फेला

सल्यानको छत्रेश्वरी गाउँपालिका–३, रानाघर नजिकै निकै ठुलो अजिङ्गर  फेला परेको छ । शनिबार बेलुकी बडाचौर सामुदायिक वन क्षेत्रमा सडकको घारीमा अजिङ्गर देखिएपछि स्थानीय त्रसित भएका छन् । दारिमज्युलाबाट आफ्नो घर रानागाडातर्फ आउँदै गर्दा सडकको घारीमा हिडीरहेको अवस्थामा सो ठुलो अजिङ्गर देखेको स्थानीय करण पुन मगरले बताए  । पहाडी क्षेत्रमा यसअघि यति ठुलो अजिङ्गर कहिल्यै नदेखेको उनको […]

Continue Reading

किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास

दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणलाई उनको बढ्दो आक्रामक विदेश नीतिको पछिल्लो कदमका रूपमा व्याख्या गरेको छ। किम शनिबार चीन पुगेपछि दक्षिण कोरियाले उक्त प्रतिक्रिया दिएको हो। समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरिया, चीन र रुस मिलेर अमेरिकाविरुद्ध संयुक्त मोर्चा बनाउने प्रयास गरिरहेका छन्। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार किम शनिबार […]

Continue Reading

फ्रान्समा सत्तरी हजार सुरक्षाकर्मी परिचालन

गत साता भएका प्रदर्शनका क्रममा बर्सौंयताकै गम्भीर शहरी हिंसा भड्किएपछि फ्रान्सले प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको छ । आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो । पेरिसमा आयोजित […]

Continue Reading

झोलुङ्गे पुलमा माेटर साइकलले जाम गम्भिर दु्र्घटना हुन सक्ने जाेखम

भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको हिमबाढीले धेरै ठाउँमा पक्की पुल बगाएपछि दुईपाङ्ग्रे सवारीसाधनका चालकले विकल्पका रूपमा झोलुङ्गे पुल प्रयोग गर्ने गरेका छन् । झोलुङ्गे पुलमा समेत सवारी चाप बढेपछि दुईपाङ्ग्रे सवारीचालक पुल पार गर्नकै लागि लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यतामा छन् । साथै सवारीको भार बढ्दै गर्दा झोलुङ्गे पुलमा समेत सुरक्षा चिन्ता बढेको छ । अहिले विशेष […]

Continue Reading

वर्षा र हिमपातको सम्भावना सजग रहन विभागकाे आग्रह

बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ शक्तिशाली न्यूनचापीय क्षेत्र थप बलियो हुँदै भाेली सोमबार चक्रवातमा परिणत हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । उक्त चक्रवातको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा र हिमपातको सम्भावना औँल्याएको छ । यसले सम्भावित बाढी, पहिरो तथा हिमपातजन्य विपत् ल्याउन सक्ने भएकाले आवश्यक […]

Continue Reading

जलवायु न्यायको मुद्दा स्थापित हुदै

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी हानिनोक्सानी सम्बोधन कोषले नेपालमा खेपिरहेको जलवायु परिवर्तनको असरको सम्बोधन गरेको छ । नेपालको जलवायु न्यायको माग पूरा भएको विश्वव्यापी नजिर यस निर्णयले स्थापित गरेको छ । गत भदौ १० गते नेपालको उत्तरी क्षेत्रमा उच्च तापले लामटाङ लिरुङ हिमाल चोइटिएर झरेपछि भोटेकोशी–त्रिशूलीमा भीषण हिमबाढी आएको थियो । त्यसले पु-याएको अकल्पनीय क्षतिको सम्बोधन भएको हो । उक्त […]

Continue Reading

फिलिपिन्समा दुई सैनिक विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान आकाशमै ठोक्किएर दुर्घटना हुँदा चार जना पाइलटको मृत्यु भएको छ। शुक्रबार दिउँसो राजधानी मनिलाको दक्षिणमा पर्ने बाताङ्गास प्रान्तको लिपा सहरस्थित फर्नान्डो एयर बेसमा दुर्घटना भएको हो। कम उचाइमा उडिरहेका दुईवटा एसएफ-२६० विमान एकआपसमा ठोक्किएपछि एयर बेसमा खसेका थिए। दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्तिहरू भने घाइते नभएको अधिकारीहरूले बताएका […]

Continue Reading

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको उद्घाटन यस पटक नहुने भएको छ । पुल उद्घाटन गर्न चिनियाँ पक्ष तयार भए पनि नेपालको कारण पुल सञ्चालनमा आउन नसकेको बताइएको छ । भोटेकोशी बाढी लगायतका समस्याले गर्दा नेपालले मैत्रीपुल उद्घाटनका लागि समय मिलाउन नसकेको कारण देखाएपछि पुल सञ्चालनमा आउन नसक्ने भएको हो […]

Continue Reading

दसैंमा मुस्ताङबाट ३६ करोडभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री

दसैंंमा मुस्ताङबाट ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका पाँच वटा स्थानीय तहका कृषकले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको १३ हजार ९५० वटा भेडाच्याङ्ग्रा बिक्री भएको हो । यस बर्ष मुस्ताङका कृषकले सात हजार नौ सय ६४ च्याङ्ग्रा, १२ सय ४ भेडा (च्यालुक), डोल्पाबाट ३५ सय […]

Continue Reading

देशभर २० विपद्का घटना, आठ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि शनिबारसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, […]

Continue Reading