मुख्यमन्त्रीको प्रस्ताव : नेकपाद्वारा अस्वीकार

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गराउन मुख्यमन्त्री कमलबहादुर शाहले नेकपासँग गरेको सहयोगको प्रस्ताव साे दलले अस्वीकार गरेकाे  छ। सरकारलाई समर्थन गरिरहेको एमालेले साथ छाडेपछि बजेट पारित गर्न जटिल बनेको अवस्थामा मुख्यमन्त्री शाहले नेकपा संसदीय दलसँग छलफलका लागि प्रस्ताव गरेका थिए  । मुख्यमन्त्रीको आग्रहपछि नेकपा संसदीय दलका नेता खगराज भट्टले सांसद मानबहादुर धामी र रमेश धामीलाई […]

Continue Reading

एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज आफ्नो पार्टीका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बजेट पुनर्लेखन नभएसम्म पारितका लागि सरकारलाई साथ नदिने एमालेको अडान थियो […]

Continue Reading

फ्रान्समा सहायता-मृत्यु विधेयक अन्तिम चरणमा

फ्रान्सको राष्ट्रिय सभाले असाध्य रोगबाट पीडित निश्चित वयस्कलाई कडा कानुनी सर्तका आधारमा चिकित्सकीय सहयोगमा जीवन अन्त्य गर्न अनुमति दिने ऐतिहासिक विधेयकलाई बुधबार अन्तिम स्वीकृति दिने तयारी गरेको छ । जीवनको अन्तिम अवस्थासम्बन्धी अधिकार र चिकित्सकीय नैतिकतामाथि वर्षौदेखि चलिरहेको बहसपछि यो विधेयक निर्णायक चरणमा पुगेको हो । राष्ट्रपति इमानुएल म्याक्रोनले तीन वर्ष अघि अघि सारेको यो […]

Continue Reading

शुक्रबारसम्म भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग […]

Continue Reading

हर्मूजमा २० प्रतिशत शुल्क लगाउने निर्णयबाट २४ घण्टाभित्रै पछि हटे ट्रम्प

स्ट्रेट अफ हर्मूजबाट आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णय फिर्ता लिएका छन्। ट्रम्पले अब यो जलमार्ग इरानबाहेक विश्वका अन्य सबै देशका जहाजहरूका लागि खुला रहने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै लेखेका छन्, ‘हामी पूर्ण नाकाबन्दी लागू […]

Continue Reading

स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनल प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा भएको खेलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गरेको हो। खेलको २२औं  मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्पेनले अग्रता बनायो। खेलको २० औं मिनेटमा स्पेनका विङ्गर लामिन यमालाई फ्रान्सका खेलाडीले पेनाल्टी बक्स भित्र फाउल गर्दा स्पेनले […]

Continue Reading

बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पुर्‍याएको छ भने विद्युत् […]

Continue Reading

मनसुन विपतमा प्रहरीको ‘मिसन उद्धार’

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य जलजन्य विपत्को जोखिम बढ्न थालेपछि नेपाल प्रहरीले देशभर उद्धार तथा प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ । सम्भावित विपत्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीले १० हजार ८५ जना जनशक्तिलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्दै ‘मिसन उद्धार’ अभियान सञ्चालन गरेको छ । राष्ट्रिय विपत् […]

Continue Reading

पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा […]

Continue Reading

अविरल वर्षाले पृथ्वीराजमार्ग उच्च जोखिममा

मनसुन सक्रिय भएसँगै पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड अत्यन्तै जोखिमपूर्ण बनेको छ । राजमार्ग स्तरोन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षाका कारण तनहुँ खण्डका दर्जनौँ स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मुसेखोला, घाँसीकुवा, छिर्कने, देउराली, विमलनगर, ढापटार लगायतका दर्जनौँ ठाउँमा पटक–पटक […]

Continue Reading