अब अर्थ मन्त्रालयकाे पूर्वसहमति नलिई सरकारी सवारीसाधन खरिद गर्न नपाइने

विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र […]

Continue Reading

शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सडकदेखि संसद्सम्म हंगामा

नयाँदिल्लीस्थित प्रदर्शन र धर्नाका लागि परिचित स्थल जन्तरमन्तरमा सोमबार बिहानैदेखि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए । केही महिनाअघि मात्र घोषित कक्रोच जनता पार्टी (सीजेपी) ले आह्वान गरेको ‘चलो संसद्’ मार्चका लागि विद्यार्थी, अभिभावक र नागरिक समाजका प्रतिनिधि बिहानै आइसकेका थिए । त्यस्तै अर्कोतर्फ दिल्ली प्रहरी, र्‍यापिड एक्सन फोर्स (आरएएफ) र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का […]

Continue Reading

मनसुन सक्रियतासँगै उच्च सतर्कतामा कोसी व्यारेज

पूर्वी नेपालको पहाडी जिल्लामा मनसुन सक्रिय भएसँगै सप्तकोसी नदीको बहाव क्रमशः बढ्न थालेपछि सम्भावित बाढी, कटान, डुवान तथा तटीय जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन उच्च सतर्कतामा पुगेको छ । यस क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वको प्रशासनिक, प्राविधिक र सुरक्षा पदाधिकारीहरुको टोलीले कोसी ब्यारेजदेखि उत्तर चतरासम्मका तटबन्ध, स्पर तथा नदी नियन्त्रण संरचनाको नियमित अनुगमनलाई […]

Continue Reading

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

संयुक्त राज्य अमेरिका र इरानबिच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसैबिच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ । गत सातादेखि अमेरिका र इरानबिचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार […]

Continue Reading

विश्वकप लिग–२ : नेपाल भाेली नामिबियासँग भिड्दै

 क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल मङ्गलबार नामिबियासँग खेल्दैछ । यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो । आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहनेको नेपाललाई शीर्षचारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ । एक समय सिरिजमा निराश देखिएको नेपालले […]

Continue Reading

कोलकाता बन्दरगाहबाट हिँडेको कार्गो रेल विराटनगरमा

भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएको तोरी लोड गरेको कार्गो रेल आज विराटनगर १८ स्थित बुधनगरमा रहेको एकीकृत भन्सार जाँच चौकीमा आइपुगेको छ । २०८० सालमा उद्घाटन भएको दिन पहिलो पटक कार्गो रेल यहाँ आएको थियो । त्यसपछि बन्द भएको उक्त सेवा तीन वर्षपछि फेरि सुचारु भएको हो । तेस्रो मुलुकबाट आयात हुने मालसामानको […]

Continue Reading

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान […]

Continue Reading

मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने

मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ । मनसुनजन्य विपद् वा महामारी जस्ता सङ्कटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो । “विपद्को समयमा जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाइहरूबीच समन्वयात्मक रूपमा […]

Continue Reading

एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त

बेलायतमा एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमवार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका हुन् । बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चाल्र्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको […]

Continue Reading

विश्वविजेता स्पेनले पायो पाँच करोड अमेरिकी डलर पुरस्कार

फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ ।अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यस विश्वकपको उपाधिसँगै स्पेनले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब ६६ करोड ५० लाख नेपाली रुपियाँ) पुरस्कार […]

Continue Reading