मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एक महिने महायज्ञ सुरु हुँदै

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ। मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए। ‘देशका विभिन्न स्थानको यात्रा गर्दै […]

Continue Reading

अस्तव्यस्त बन्यो अमेरिका : विमान रोकिए, माइक्रोसफ्ट बन्द, बैंकिङ सेवामा पनि समस्या

अमेरिकामा पाँच दिनभित्रै एकपछि अर्को प्रविधि प्रणालीमा समस्या देखिएपछि सर्वसाधारणमा चिन्ता बढेको छ।पहिले माइक्रोसफ्टका इमेल तथा कार्यालयसम्बन्धी सेवा अवरुद्ध भए। त्यसपछि हवाई उडान प्रभावित भए भने सोमबार (स्थानीय समयअनुसार) बैंकिङ सेवा र पैसा पठाउने प्रणालीमा समेत समस्या देखियो। अमेरिकाको संघीय उड्डयन प्रशासनको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या आएपछि देशभरका उडान केही घण्टाका लागि रोकिएका थिए। […]

Continue Reading

सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव

अदालतहरूमा मुद्दाको कार्यबोझ न्यूनीकरण तथा छिटो न्याय सम्पादनका लागि तीनै तहका अदालतको मौजुदा अधिकारक्षेत्र पुनरवलोकनको सुझाव न्याय प्रशासन सुधारसम्बन्धी अध्ययन समितिले दिएको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गाना नेतृत्वको अध्ययन समितिले सर्वोच्चका केही अधिकार क्षेत्र कटौतीको सुझाव दिएको हो । यस्तै उच्च, जिल्ला र विशेष अदालतको अधिकारमा समेत केही हेरफेरको सुझाव समितिले दिएको छ । समितिले […]

Continue Reading

मासु बिक्री गर्न छाप अनिवार्य

जारी भएको २८ वर्षपछि  ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ मङ्गलबार आजदेखि कार्यान्वयनमा आएको छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा यो ऐन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै अव्यवस्थित ठाउँमा पशु वध गरेर उपभोक्ताको भान्सासम्म अस्वस्थ मासु पुग्ने बर्सौंदेखिको बेथितिको अन्त्य हुने विश्वास लिइएको छ । उपभोक्ताको […]

Continue Reading

इरानमा यात्रुवाहक बस दुर्घटना : कम्तिमा १० को मृत्यु, १८ घाइते

इरानको पश्चिमी प्रान्त इलाममा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार  स्थानीय समयअनुसार साँझ ७ः२५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए । इलाम […]

Continue Reading

खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे। नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल […]

Continue Reading

काल बन्दै तौलिहवा– बहादुरगन्ज सडकखण्ड

गत साउन साउन १२ तौलिहवा बहादुरगन्ज सडक अन्तर्गत महाराजगन्ज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भयो। तीव्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका ३ का ७५ वर्षीय भोल्लर कुर्मी र ४५ […]

Continue Reading

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना तीर्थयात्रीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी मन्दिर पुगेका हुन्। शनिबार एकै दिन ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए। उक्त सङ्ख्या पछिल्लो तीन वर्षयताकै एकै दिन मन्दिर दर्शन गर्ने भक्तजनको […]

Continue Reading

चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार चैत ५ गतेभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत […]

Continue Reading

यस कात्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने […]

Continue Reading