नारायणी नदीमा तीनजना वेपत्ता, एकको उद्धार

नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् ।  एक जनाको सकुशल उद्धार गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित ब्रिटिस क्याम्प पार्क नजिकै नारायणी नदीमा सोमबार डुबेर दुई जना बेपत्ता भएका छन् । स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा पसेर डुब्न लागेपछि उनलाई बचाउन गैंडाकोट–२ का १५ वर्षीय प्रतीक सापकोटा र १४ […]

Continue Reading

विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग (एनपिएल) ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा प्रतिस्पर्धात्मक १५७ रनको स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजका सुपरस्टार अलराउन्डर आन्द्रे रसेलको विस्फोटक पालि हुँदाहुँदै विराटनगर किङ्स […]

Continue Reading

चिनियाँ भाषामा अनुवाद गरिएका छवटा नेपाली पुस्तक बिमाेचन

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा बिमाेचन गरिएको छ। यहि अक्टोबर १६ मा तियान्फु पुस्तक प्रदर्शनीका क्रममा लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ चिनियाँ भाषामा […]

Continue Reading

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् । भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । नाताले दिदी बहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुवै बालिका गएराति […]

Continue Reading

चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई नेपालमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन् । उनले जोखिममा […]

Continue Reading

एनपीएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली खेल हुदै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे हुनेछ । विराटनगर र चितवनबीच […]

Continue Reading

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र क्रिप्टो क्षेत्रका दाताकाे अभिरूची

अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रमुखहरूले यो निर्वाचनलाई अहिलेसम्मकै सबैभन्दा महँगो बनाउन अर्बौं डलर चन्दा खन्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक बीच अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि निर्वाचन […]

Continue Reading

पर्यटन तथा धार्मिक क्षेत्रमा डिजिटल भुक्तानी बढदाे क्रममा

दुई वर्षअघि नेपाल आउँदा अनुजित बर्माले नयाँदिल्लीमै बैंकको एटीएमबाट नगद झिकेर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसलाई डलरमा साटीवरी काठमाडौं आएका थिए । वित्तीय–प्रविधि क्षेत्रमा काम गर्ने अनुजितलाई त्यो प्रक्रिया साह्रै झन्झटिलो र सुस्त लागेको थियो । यसपालि ‘फिनटेक एक्स्पो २०२६’ मा प्रदर्शनीकर्ताका रूपमा भाग लिन काठमाडौँ ओर्लिंदा भने उनले खल्तीमा नगद बोकेका थिएनन्, मोबाइलमा क्यूआर कोड थियो । […]

Continue Reading

भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहाैः महाशाखा

मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले पर्सी बिहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै  हिमपात हुने सम्भावना रहेको जनाएको छ । विभागले हिजाे सोमबार बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार […]

Continue Reading

भक्तपुरका बाटोबाटोमा धान

हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको। दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ। आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ। धान […]

Continue Reading