विराटनगर र सुदूरपश्चिमबिच ५–५ ओभरको खेल हुदै

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच ५–५ ओभरको खेल हुदैछ । वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हिलो भएकाले ढिलो गरी छोट्याएर खेल गर्न लागिएको हो। शनिबारको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल भने रद्द गरिएको थियो।

Continue Reading

कर्णालीका हिमाली जिल्लामा हिमपात

हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो । डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकामा हिमपात भइरहेको स्थानीयले […]

Continue Reading

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबिचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए  । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान […]

Continue Reading

हेटौँडा–काठमाडौँ छोटो दुरीको सडक बन्द

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह […]

Continue Reading

पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध

रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ । वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिदै राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका […]

Continue Reading

उपल्लो मुस्ताङमा भारी हिमपात

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका सामान्यदेखि भारी हिमपात भएको हो । पश्चिमी वायुको आंशिक प्रभावसँगै तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, लोमन्थाङको बस्तीमा हिमपात भइरहेको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको […]

Continue Reading

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् । विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, […]

Continue Reading

चक्रवात ‘अर्णव’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

खाडीमा विकसित चक्रवात ‘अर्णव’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको  जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल […]

Continue Reading

युक्रेनी राष्ट्रपति जेलेन्स्की आज टर्की भ्रमणमा जाने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि […]

Continue Reading

भारतमा सन् २०२७ को जनगणना जनवरी २५ देखि, ६ राज्यमा तत्काल नहुने

भारतमा सन् २०२७ को जनगणना आगामी जनवरी २५ देखि सुरु हुने भएको छ। अधिकांश राज्य तथा केन्द्रशासित प्रदेशमा जनवरी २५ देखि फेब्रुअरी २८ सम्म जनसंख्या गणना गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका रजिस्ट्रार जनरल तथा जनगणना आयुक्त मृत्युन्जय कुमार नारायणले शुक्रबार जारी गरेको सूचनाअनुसार जनगणनाको आधार मिति सन् २०२७ मार्च १ को मध्यरातलाई तोकिएको छ। […]

Continue Reading