फ्रान्सको दंगाबारे गलत सूचना फैलाउँदै रुस र इजरायल : ईयू

गत महिना फ्रान्समा भड्किएको दंगालाई प्रयोग गर्दै रुस, अमेरिकाको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) अभियान र इजरायलसँग जोडिएका सामाजिक सञ्जाल खाताहरूले भ्रामक तथा वैमनस्यपूर्ण प्रचार फैलाएको आरोप युरोपेली युनियन (ईयू) ले लगाएको छ ।  युरोपेली संघ  र फ्रान्सेली विदेश मन्त्रालयका गोप्य प्रतिवेदनहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विदेशी शक्तिहरूले फ्रान्सको आन्तरिक अशान्तिलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग […]

Continue Reading

देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने तयारीस्वरूप नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र (एनआईडी) का लागि आवेदन दिएकी छन्। उनले डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी छन्। हसिनाका बेलायतस्थित वकिलहरूले सोमबार नयाँदिल्लीस्थित बंगलादेशको उच्च आयोगलाई पत्र पठाउँदै नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न आग्रह गरेका हुन्। उनको यसअघिको पासपोर्ट र राष्ट्रिय परिचयपत्र खारेज भएको […]

Continue Reading

अमेरिकामा हिन्दु समुदायलाई लक्षित गर्दै ‘देश निकाला गर’ भन्दै प्रदर्शन, विवाद चर्कियो

अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा हिन्दु समुदायलाई लक्षित गर्दै घृणापूर्ण नारा र प्लेकार्ड प्रदर्शन भएपछि विवाद उत्पन्न भएको छ । दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनप्रति अमेरिकी सांसद प्रमिला जयपालले कडा विरोध जनाएकी […]

Continue Reading

फागुनभित्रै स्थानीय तह चुनावको गृहकार्यमा आयोग

निर्वाचन आयोगले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आयोगले निर्वाचनको गृहकार्य थालेको हो । यसअघि ३० वैशाख ०७९ मा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ को दफा ४ अनुसार आयोगको परामर्शमा […]

Continue Reading

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् । “किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै शङ्का छैन,” एक प्रत्यक्षदर्शीले […]

Continue Reading

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डमा २१ गते  शनिबार सम्पन्न संसदीय चुनावमा कुनै पनि राजनीतिक दलले स्पष्ट जित हासिल गर्न नसकेपछि नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ। प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा भने आउन बाँकी  छ । सत्तारुढ दक्षिणपन्थी गठबन्धन र विपक्षी वामपन्थी गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ। चुनावमा […]

Continue Reading

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाको लहर, सदस्यता नै खारेज गर्ने चेतावनी

आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको औपचारिक निर्णयबिनै उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनको दायरामा रहन चेतावनी दिएको छ।रास्वपाको कोशी प्रदेश समितिले उम्मेदवार छनोटको प्रक्रिया पूरा नहुँदै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट आफूलाई पार्टीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने गतिविधि रोक्न निर्देशन दिएको हो। प्रदेश महामन्त्री निरज कटुवालद्वारा […]

Continue Reading

आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्ला। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौँको भौतिक क्षति व्यहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै गत […]

Continue Reading

गगनले १८ करोडमा कांग्रेस पार्टी बेच्याेः शेरबहादुर देउवा

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको १५औँ नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन् । निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै देउवाले […]

Continue Reading

अमेरिकी मध्यावधि निर्वाचनको असर एआई बजारमा, प्रविधि कम्पनीको मूल्यांकनमाथि प्रश्न

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा थप नियमन हुन सक्ने आशंकाले विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ । विशेषगरी एआई प्रविधिमा लगानी गरेका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि एआई तथा डाटा सेन्टर विस्तारमा कडा नियम […]

Continue Reading