शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् । विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, […]

Continue Reading

युक्रेनी राष्ट्रपति जेलेन्स्की आज टर्की भ्रमणमा जाने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि […]

Continue Reading

भारतमा सन् २०२७ को जनगणना जनवरी २५ देखि, ६ राज्यमा तत्काल नहुने

भारतमा सन् २०२७ को जनगणना आगामी जनवरी २५ देखि सुरु हुने भएको छ। अधिकांश राज्य तथा केन्द्रशासित प्रदेशमा जनवरी २५ देखि फेब्रुअरी २८ सम्म जनसंख्या गणना गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका रजिस्ट्रार जनरल तथा जनगणना आयुक्त मृत्युन्जय कुमार नारायणले शुक्रबार जारी गरेको सूचनाअनुसार जनगणनाको आधार मिति सन् २०२७ मार्च १ को मध्यरातलाई तोकिएको छ। […]

Continue Reading

युक्रेनलाई अमेरिकाले २.१ अर्ब डलरका ५०० प्याट्रियट मिसाइल बिक्री गर्ने

अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । करिब २.१ अर्ब अमेरिकी डलर मूल्यका ती मिसाइल युक्रेनका युरोपेली सहयोगी र क्यानडाले उपलब्ध गराउने रकमबाट खरिद गरिनेछ । रुसको बढ्दो हवाई आक्रमण रोक्न युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल आपूर्तिका लागि आग्रह गर्दै आएको थियो । विशेषगरी रुसी ब्यालिस्टिक मिसाइल खसाल्न यी मिसाइल […]

Continue Reading

हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल–भुटानको प्रस्ताव

नेपाल र भुटानले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली पारिस्थितिक प्रणालीमा पर्दै गएको असर सम्बोधन गर्न आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा छुट्टै एजेन्डा राख्न संयुक्त प्रस्ताव गरेका छन्। हिमाली क्षेत्रमा बढ्दो तापक्रमले हिमाली समुदाय मात्र नभई तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसको जीवनसमेत जोखिममा पारेको भन्दै दुई देशले हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु […]

Continue Reading

कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय

नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसक्दा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ। देउवा समूहले सिन्धुपाल्चोकमा कात्तिक १६ गते जिल्ला अधिवेशन गर्ने भएको छ। पूर्वमन्त्री तथा […]

Continue Reading

काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका–४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औँल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले […]

Continue Reading

प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई बोलाइएको हो : प्रहरी

सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीको सचिवालयले यसमा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नभएको दाबी गरेको छ । तर, नेपाल प्रहरीले भने प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई सत्यता बुझ्न बोलाइएको दाबी गरेको छ । प्रहरी प्रवक्ताको ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक  गरिएको वक्तव्यमा समाचारको विषयमा […]

Continue Reading

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिनु र पक्राउको स्पष्ट कारण नखुलाउनु गम्भीर विषय भएको जनाएको हो। काउन्सिलका अनुसार पक्राउको कारण स्पष्ट […]

Continue Reading

समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण

समाचारको स्रोत पत्ता लगाउने नाममा सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रका जानकारले आपत्ति जनाएका छन् । नेपाल प्रेसको समाचार कक्षबाट पत्रकार विश्वमणि सुवेदी पक्राउ तथा नयाँ पत्रिका, दियो पोस्ट अनलाइन का पत्रकार खोज्दै प्रहरी पुगेपछि पत्रकारिता क्षेत्रबाट विरोध भएको छ […]

Continue Reading