बिलिङ सिस्टमसम्बन्धी मुद्दाका सबै प्रतिवादी निर्दोष

विशेष अदालतले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहितका कर्मचारीलाई भ्रष्टाचार गर्ने बदनियत नदेखिएको र संस्थालाई आर्थिक हानि भएको पुष्टि नभएको आधारमा सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । […]

Continue Reading

८७ प्रतिशत कार्यकर्ता ओली नेतृत्वको विपक्षमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै आन्तरिक विद्रोह तीव्र बनेको छ । निर्वाचनमा ब्यहोरेको अनपेक्षित परिणामपछि रक्षात्मक बनेको पार्टीभित्र युवा नेताले सुरु गरेको ‘पुनर्जागरण अभियान–२०८२’ ले बिहीबार सार्वजनिक गरेको मत सर्वेक्षण प्रतिवेदनले एमाले वृत्तमा नयाँ तरंग पैदा गरेको छ । एमालेभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र […]

Continue Reading

मेयर हुँदा प्रेमप्रसादको घटनापछि बालेनले लेखेका थिए- राज्यको चरम असफलता

२०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएर आत्मदाह गरे। त्यतिबेला काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा आक्रोश पोख्दै लेखका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’ आज तिनै बालेन मुलुकको कार्यकारी प्रमुख छन्। तर, बिहीबार त्रिपुरेश्वरस्थित […]

Continue Reading

फेरि आन्दोलनमा उत्रिए मिटरव्याज पीडित, जनकपुरदेखि काठमाडौंसम्म पैदलमार्च सुरु

मिटरब्याज पीडित फेरि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन् । बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका हुन् । पैदल मार्च सुरु गर्नुअघि उनीहरुले फर्जी तमसुक जलाएका थिए । लघुवित्त्त्त तथा वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले […]

Continue Reading

विश्वकप फुटबल: पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुआत आज फ्रान्स र मोरक्कोबीचको रोमाञ्चक प्रतिस्पर्धाबाट हुँदैछ। नेपाली समयअनुसार खेल राति १:४५ बजे सुरु हुनेछ। सन् २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलमा दुवै टोली सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। विजेता टोली उपाधिबाट दुई जितको दूरीमा पुग्नेछ। फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै […]

Continue Reading

दलाई लामा जन्मोत्सव: नेपाल-चीन सम्बन्धमा पर्ला असर !

काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा तिब्बती शरणार्थी र बौद्ध अनुयायीहरूले १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाएको विषयले राजनीतिक र कूटनीतिक वृत्तमा तरंग पैदा गरेको छ। असार २२ गते सम्पन्न यो कार्यक्रम धार्मिक र सांस्कृतिक अनुष्ठानमा मात्र सीमित रहेन। विभिन्न पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको प्रत्यक्ष सहभागिताले देशको परराष्ट्र नीति, छिमेकी सम्बन्ध र आन्तरिक राजनीतिमा ठुलो हलचल […]

Continue Reading

बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा इयूको कडाइ

युरोपेली सङ्घ (इयू)ले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने तयारी गरेको छ । अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिस गर्ने अपेक्षा गरिएकाले यसै गर्मी यामदेखि नयाँ व्यवस्था लागु हुने सम्भावना बढेको छ । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने […]

Continue Reading

युक्रेनको डोनेट्स्क क्षेत्रमामा रूसी आक्रमण चार जनाको मृत्यु, सात घाइते

युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी सेनाले गरेको आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । डोनेट्स्कका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भादिम फिलास्किनले रूसी आक्रमणमा ड्रझकिव्कामा तीन जना र क्रामटोरस्कमा एक जनाको मृत्यु भएको बताए  । पछिल्लो आक्रमणमा यस क्षेत्रका थप सात जना घाइते भएको युक्रिन फर्मले पनि पुष्टि गरेको […]

Continue Reading

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि  आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ (सूत्र) आज मध्यरातदेखि बन्द हुने जनाएको छ । उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअगावै भुक्तानी दिइ निकासा र खर्चको लेखा […]

Continue Reading

सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि फेला

गत भदौमा  ‘जेन–जी’ आन्दोलनका क्रममा चोरी गरिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि प्रहरीले फेला पारेको छ । विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायका डिन डा. हेमनाथ जोशीले प्रयोग गर्दे आएको बा. २ झ. २८५९ नम्बरको सरकारी स्कारपियो उनकै निवासबाट गायब पारिएको थियो । भदौ २५ गते दिउँसो १२ बजेको समयमा मुखमा मास्क लगाएका ४/५ जनाको समूहले धनगढी […]

Continue Reading