सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले पूर्वन्यायाधीश, नेपाली सेनालगायतको हकमा सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। संविधान र प्रचलित कानुन प्रतिकूल हुने गरी छानबिन अघि बढाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै सर्वोच्चले मुद्दाको अन्तिम टुंगाे नलाग्दासम्म आयोगको कामकारबाही यथास्थितिमा राख्न भनेको हो। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग खारेज गर्न माग गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले दायर […]

Continue Reading

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तर भाग हुँदै अघि बढ्ने […]

Continue Reading

सर्लाहीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था चिन्ताजनक

सर्लाहीको गोडैतामा शुक्रबार एकजनाले शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेका छन् । उनको अवस्था गम्भीर छ ।गोडैता-१० का ४२ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरीका डीएसपी बेदप्रसाद गौतमका अनुसार आगोले मण्डलको शरीरका अधिकांश भाग जलेको छ । मण्डलको मलंगवा अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि […]

Continue Reading

काँग्रेसद्वारा प्रतिनिधिसभा नियमावलीविरुद्ध रिट दर्ता

नेपाली काँग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । काँग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलाशमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेशी पनि तोकेको छ । संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दामाथि राखिएको, राष्ट्रियसभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), २५९ संविधानको […]

Continue Reading

भारतमा पहिरोमा परी सातको मृत्यु, एक जना बेपत्ता

भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् । पछिल्लो उद्धार प्रयासपछि एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब ४८८ किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै  भारी […]

Continue Reading

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : सरकार

सरकारले नेपाल एक चीन नीतिप्रति दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल आफ्नो स्थापित नीतिमा अडिग रहेको जानकारी दिइएको हो । केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएको विषयलाई लिएर संसद्मा ‘नेपाल एक चीन नीतिविपरीत गएको हो ?’ भनी प्रश्न उठेको थियो । सोही […]

Continue Reading

सरकारले दिन सकेन मल, आफैं ल्याउँदा पक्राउ पर्छन् किसान

सर्लाहीको बलरा–५ का दुई किसान ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंहले गत १७ असारमा सीमापारि सीतामढी जिल्लाको सोनवर्षा बजारबाट रासायनिक मल किनेर ल्याउँदै थिए । उनीहरूलाई कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को टोलीले बाटैमा पक्राउ गर्‍यो । आरोप लगायो– मल तस्करको । पक्राउपछि सिंह दाजुभाइलाई सोनवर्षा थानामा बुझाइयो । अहिले उनीहरूलाई सीतामढी जिल्लाको डुमरा […]

Continue Reading

गणेशकाे माेटर साइकलमा महानगर प्रहरीले ह्वील लक लगाएको हाेः गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ्गले आत्मदाहपछि मृत्यु भएका गणेपालीको मोटरसाइकल (बाइक) मा ह्वील लक कसले लगाएको र स्थानीय सरकार कसको छ भन्दै संसदमा उल्टै प्रश्न गरेका छन् । गृहमन्त्री गुरुङ्गले गणेश नेपालीलाई बचाउनका लागि सबै प्रयास गरिएको, आफै फिल्डमा खटिएको बताउँदै उनले आफूहरुले गरेको प्रयासप्रति गरिएको आलोचनाप्रति आपत्ति जनाए । गृहमन्त्री गुरुङले स्थानीय सरकारको नेतृत्व पुरानै दलहरुमा […]

Continue Reading

माइतीघर क्षेत्र तनावग्रस्त

अहिले काठमाडौंको माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी, नेपाल जाति व्यवस्था उन्मूलन मोर्चा, नेपालको आयोजनामा सुकुम्बासीहरूको विस्थापन विरोधी विरोध प्रदर्शनमा थिए । त्यही समूहमा गणेश नेपालीको न्याय माग्दै आएका विद्यार्थी पनि सहभागी […]

Continue Reading

सरकारविरुद्ध माइतीघरमा सशक्त आन्दोलन {तस्बिरहरू}

अहिले काठमाडौंको माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी, नेपाल जाति व्यवस्था उन्मूलन मोर्चा, नेपालको आयोजनामा सुकुम्बासीहरूको विस्थापन विरोधी विरोध प्रदर्शनमा थिए । त्यही समूहमा गणेश नेपालीको न्याय माग्दै आएका विद्यार्थी पनि सहभागी […]

Continue Reading