प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई लिएर नेपाल र भारतबीच कूटनीतिक तयारी तीव्र बनेको छ। भ्रमणका क्रममा सीमा विवाद, थप हवाई प्रवेश मार्ग, जलविद्युत् आयोजना, व्यापार तथा पारवहन र भोटेकोशी बाढीपछिको पुनर्निर्माणका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। प्रस्तावित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ देखि २५ (मंसिर ७ देखि ९) सम्म भारत भ्रमणमा जाने […]

Continue Reading

हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

जापानबाट यस वर्ष दसैँ–तिहार मनाउन जन्मथलो फर्केकी काभ्रेकी ज्योति खड्काले चाडपर्वलगत्तै चार दिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताइन् । हिमाल, हरियाली, बादल र शान्त वातावरणको सामीप्यमा बिताएका ती चार दिन उनका लागि अविस्मरणीय बने । “मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक, मनमोहक र शान्त लाग्यो,” उनले भनिन्, “पदयात्राका क्रममा देखिने हिमाल र […]

Continue Reading

उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

विचौलिया भनिएका इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । काठमाडौं जिल्ला अदालतले श्रेष्ठविरुद्ध इनम सापकोटाकै म्याद मिलान गर्दै ५ […]

Continue Reading

पाँचखालको रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रिसोर्टमा बस्दै आएका ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। केही दिनयता पाँचखालका विभिन्न घर तथा होटलहरू भाडामा लिएर चिनियाँ नागरिकहरू बस्न थालेपछि स्थानीयवासीले चासो व्यक्त […]

Continue Reading

दानबहादुर कार्कीको रिटको पेसी बुधबारलाई तोकियो

सर्वोच्च अदालतले सरकारले आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटको पेसी भाेली बुधबारलाई तोकेको छ ।आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रीपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै कात्तिक २० गते उनले रिट दर्ता गरेका थिए । सर्वाेच्चले कात्तिक ३० गतेलाई पेसी ताेकेकाे थियाे […]

Continue Reading

दिपेन्द्र सिंह ऐरीको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेलेका छन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सका लागि दिपेन्द्रले ४५ बलमा ३ चौका र १ छक्का सहति अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा गर्नु १ बल अगाडी उनले ४९ रनमा जीवनदान पाउँदै […]

Continue Reading

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जनको मृत्यु भएको जानकारी दिए। उनका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको […]

Continue Reading

सिन्धुलीको खुर्कोटमा माइक्रो दुर्घटना

सिन्धुलीको गोलन्जोर गाउँपालिका –०७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो २ बजेतिर जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १४ जना सबै घाइते भएका […]

Continue Reading

सिधै फाइनल पुग्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम, आज निर्णायक भिडन्त

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज मंगलबार साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ।लिग चरणमा ११ अंकसहित पहिलो भएको लुम्बिनी र १० अंकसहित दोस्रो बनेको सुदूरपश्चिम दुवै टोली जित्दै सिधै फाइनल पुग्ने लक्ष्यमा छन्। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ भने […]

Continue Reading

‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनले आफ्नी श्रीमती बुशरा बीबीको स्वास्थ्य अवस्था पनि बिग्रिएको उल्लेख गर्दै दुवैलाई उचित उपचार उपलब्ध गराउन पाकिस्तानका तीन प्रमुख अदालतका प्रधानन्यायाधीशहरूसँग अपिल गरेका हुन्। इमरानले सोमबार संघीय संवैधानिक अदालत, सर्वोच्च अदालत […]

Continue Reading