दिपेन्द्र सिंह ऐरीको अर्धशतक

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेलेका छन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सका लागि दिपेन्द्रले ४५ बलमा ३ चौका र १ छक्का सहति अर्धशतक पूरा गरेका हुन्।

अर्धशतक पूरा गर्नु १ बल अगाडी उनले ४९ रनमा जीवनदान पाउँदै अर्धशतक पूरा गरेका हुन्। शेर मल्लको बलमा एलबीडब्ल्यू आउटको रुपमा अन फिल्ड अम्पायरले आउट दिँदा उनले डिआरएसमार्फत रिभ्यू लिएर उनले ‘नटआउट’ मार्फत जीवन दान पाएका हुन्।

उनले चौथो विकेटको लािग इशान पाण्डेसँग ६४ रनको साझेदारी बनाउँदै सुदूरपश्चिम रोयल्सको पारी सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *