दसैंका लागि गाउँ गएकाहरू फर्किन थाले, उपत्यकामा बढ्यो चहलपहल

बडादसैं मनाउन गाउँ गएकाहरू काठमाडौं फर्किन थालेका छन्। टीकाको अघिल्लो दिनदेखि सुनसान जस्तै रहेको काठमाडौं उपत्यकामा शुक्रबार निकै चहलपहल बढेको छ। आइतबारदेखि कार्यालयहरू पनि खुल्ने भएकाले दसैं मनाउन गाउँ गएकाहरू फर्किन थालेका हुन्। एकातिर विजयादशमीको तेस्रो दिन पनि टीका र जमरा लगाउने क्रम जारी रहेकाले उपत्यकामा चहलपहल बढेको छ भने, अर्कोतर्फ बाहिरबाट उपत्यका भित्रिने क्रम पनि […]

Continue Reading

हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार

नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद्धार गरिएको छ । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहितको टोली खोजीमा जाँदा लाप्चा क्षेत्रको साँक्या खोलामा  सकुशल फेला परेका हुन् । बेपत्ता पशुको खोजीका लागि आफूसहित लिमीका स्थानीयको टोली लाप्चा क्षेत्र पुग्दा […]

Continue Reading

बेलायती राजपरिवारकी मेघनले खोलिन् बुबाविरुद्धको आरोपको रहस्य

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना बुबा थोमस मार्कलविरुद्ध सन् २०१८ मै ‘चिन्ताजनक आरोप’बारे जानकारी पाएको बताएकी छन्। उनले आफ्ना बुबासँगको सम्बन्धबाट टाढा रहनुको कारणसमेत खुलाएकी छन्। मेघनका अनुसार सन् २०१८ मा थोमस मार्कलविरुद्धका आरोप समेटिएको एउटा पत्र लन्डनको मेट्रोपोलिटन प्रहरीमा पठाइएको थियो। पछि उक्त पत्रमा उल्लेखित विषयबारे उनलाई पनि जानकारी गराइएको थियो। मेघनका बुबाको […]

Continue Reading

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ । हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ । रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु […]

Continue Reading

बीबीसीविरुद्धको मुद्दामा ट्रम्पलाई शपथ लिएर बयान दिन अदालतको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको […]

Continue Reading

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १६ जनाको मृत्यु

दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको थियो। […]

Continue Reading

दसैँमा पनि रोकिएन विदेसिने युवाहरुको लर्को

नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ ।  दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  विदेश जाने यात्रुको भिड […]

Continue Reading

पोखरा–जोमसोम हवाई उडान पाँच महिनाका लागि स्थगित

निजी वायुसेवा कम्पनीका ट्विनअटर विमान नियमित मर्मत र यात्रुको चाप घटेका कारण पोखरा–जोमसोम नियमित हवाई सेवा पाँच महिनाका लागि स्थगित गरिएको छ । पोखराबाट जोमसोमका लागि नियमित उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एअरलाइन्सले पर्यटकको सिजनमै नियमित उडान स्थगित गरेका हुन् । विगतका बर्षमा कात्तिक महिनासम्म नियमित सञ्चालन हुने […]

Continue Reading

सातापछि वर्षा हुन सक्छ, सामाजिक सन्जालकाे अफवाहमा बिश्वास नर्गन आग्रह

मौसम विज्ञान विभागले आगामी मङ्गलबार कार्तिक १० देखि  मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग आग्नह गरेकाे  छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । “आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा […]

Continue Reading

भोटेकोशी विपद् : नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने हानिनोक्सानी कोषको निर्णय

हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज)ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ। कोषले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी-त्रिशुली क्षेत्रका […]

Continue Reading