चट्याङ लागेर एकको मृत्यु, दुई‌ जना घाइते

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई‌ जना घाइते‌‌ भएका छन्। घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बङ्गलाचुली गाउँपालिका–२ मर्पेस‌ निवासी २६ वर्षीया दिपा थापाको मृत्यु‌ भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । प्रहरिका अनुसार घाइते थापाको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा‌ उपचारका क्रममा मृत्यु […]

Continue Reading

संविधान संशोधन बहसपत्र तयार हुँदै

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित  पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले यसबारे जानकारी दिएका हुन  । सञ्चारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र […]

Continue Reading

अत्यधिक गर्मीका कारण वाशिङ्गटन डीसीको ‘ग्रेट अमेरिकन स्टेट फेयर’ स्थगित

अमेरिकी राष्ट्रिय मलमा आयोजित ग्रेट अमेरिकन स्टेट फेयर स्थानीय समयअनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको जानकारी गराइएको छ । अमेरिकी राजधानीमा अत्यधिक गर्मी छाएको छ, जहाँ तापक्रम १०२ डिग्री फरेनहाइटसम्म पुगेको छ र ताप सूचकाङ्क ११० डिग्री फरेनहाइटभन्दा माथि पुगेको छ । अभियानको आयोजक फ्रिडम-२५० ले एक्समा पोस्ट गर्दै भनेको छ, “चर्को […]

Continue Reading

सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना हुने

सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रुपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले उक्त योजना […]

Continue Reading

खामेनीको बिदाईमा १ सयभन्दा धेरै देशका प्रतिनिधि सहभागी

इरानका स्वर्गीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार बिहान हजारौं शोकाकुल नागरिक तेहरानमा भेला भएका छन् । खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मुसल्ला प्रार्थना परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यसअघि शुक्रबार विदेशी नेता, कुटनीतिज्ञ तथा धार्मिक अगुवाहरुको सहभागितामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा चीन, रुस, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेशसहित १ सयभन्दा धेरै देशका प्रतिनिधि सहभागी […]

Continue Reading

विश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिँदै पाराग्वे

विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्सले पाराग्वेविरुद्ध खेल्दा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भएको छ । स्थानीय समय अनुसार साँझ ५:०० बजे लिङ्कन फाइनान्सियल फिल्डमा हुने खेलमा तापक्रम करिब ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान अमेरिकी राष्ट्रिय मौसम सेवाले गरेको छ । भीषण गर्मीको चेतावनीका बीच प्रतियोगितामा खेलाडीको शारीरिक अवस्था […]

Continue Reading

‘बावी’ नाम दिएको आँधी अमेरिका प्रवेश

गुआम र उत्तरी मारियानास हुँदै अमेरिकी प्रशान्त क्षेत्रलाई खतरामा पार्ने दोस्रो “सुपर टाइफुन” बावी नाम दिएको आँधी शनिबार अमेरिकी प्रशान्त क्षेत्रमा प्रवेश गरेको जनाइएको छ । द्वीप समूहको सयौं किलोमिटर पूर्वमा २५९ किलोमिटर देखि प्रति घण्टा र ३१४ किलोमिटर प्रति घण्टा सम्मकाे दरमा आएको साथ संयुक्त टाइफुन बावीको चेतावनी जारी गरिएको छ । हालको पूर्वानुमानले […]

Continue Reading

लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ […]

Continue Reading

जनकपुरवाट पाेखरा जादै गरेकाे यात्रुवाहक बस हेटाैडामा दुर्घटना, नौ जना घाइते

हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै  जनकपुरबाट पोखरातर्फ जादै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा […]

Continue Reading

एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले एलनिनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ । संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ । डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एलनिनो […]

Continue Reading