नेकपाले आजदेखि राष्ट्रिय जागरण अभियान शुरू

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ ।सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार नेकपाले आजदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानको आज काठमाडौंमा उद्घाटन हुने नेकपाले जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा अभियानको उद्घाटन गर्ने तय भएको छ ।

नेकपाले जागरण अभियान समापनपछि पुस ११ गते देशभरका सम्पूर्ण वडास्तरका अधिवेशन र माघ १५ गते पालिकाहरूमा एकै दिन पालिकास्तरीय अधिवेशन गर्ने तयारीसमेत गरेको छ ।

स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने उक्त पार्टीका नेताहरूले बताउँदै आएका छन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएर नेकपा बनेपछि तदर्थ कमिटीको भरमा पार्टी सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *