चाडपर्वमा सुरक्षा : ५० हजारभन्दा बढी प्रहरी परिचालन

बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ । चाडपर्वको क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा ल्याएको हो । सुरक्षा योजनाअन्तर्गत चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र […]

Continue Reading

अमेरिकामा प्राथमिक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार […]

Continue Reading

हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको उद्धार

सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको गएराती   सकुशल उद्धार गरिएको छ । पिपरिया गाउँदेखि करिव ५०० मिटर पूर्वतर्फ पर्ने नवलपुर–सलेमपुर १३२ केभी लाइनको टावरमा चढेकी कविलासी नगरपालिका–७, सिर्सिया गाउँका बिसुन माझीकी छोरी राधे माझीलाई सुरक्षाकर्मीले सकुशल तल उतारेका हुन् । तलबाट बारम्बार बोलाउँदासमेत उत्रन इन्कार गरेपछि ‘माउन्टेन वारफेर’ (कठीन प्रकारको उद्धार) […]

Continue Reading

एक हजार ४४ जनाको हेलिकप्टरबाट उद्धार

गोरखाको उत्तरी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको कारण जोखिममा परेका एक हजार ४४  जनालाई चार दिनभित्रमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ । असोज २५ गतेदेखि २८ गते साँझसम्म गरिएको उद्धारको क्रममा ९७४ जना नेपाली र ७० जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए  । उनका अनुसार असोज […]

Continue Reading

दसैँआयाेः घर फर्कनेको चाप

दसैँको टीका नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म तीन लाख यात्रु दसैँका लागि बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेष गरी सार्वजनिक सवारीमा यात्रुको चाप बढेको व्यवसायीले बताएका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँमा बसोबास गर्दै आएका परिवारको ठुलो सङ्ख्या दसैँ मनाउन जिल्ला फर्किएका छन् । […]

Continue Reading

मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित […]

Continue Reading

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व

नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक महत्व रहेको आध्यात्मिक गुरु लेखनाथ शास्त्रीले बताए । उनका अनुसार विजयादशमी एक पञ्चाङ्गको चाड मात्र होइन, मानव शरीर र चेतनाको वैज्ञानिक परिवर्तनको कालखण्ड हो, जहाँ व्यक्तिले आफ्नो ऊर्जालाई रूपान्तरण गर्नसक्छ। दुर्गापूजा र नवरात्रिको […]

Continue Reading

रूसी ड्रोनबाट जोगिन ग्यास पाइपलाइनमा लुक्न बाध्य युक्रेनी सैनिक

रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने […]

Continue Reading

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुंगामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनामा जनाइएको छ । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको […]

Continue Reading

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको […]

Continue Reading