नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। ओमानको अलअमरेत क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको नेपालले २८० रन बनाएको हो। नेपालका लागि रोहितकुमार पौडेलले ८१ बलमा २ छक्का र २ चौकासहित ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ४ छक्का र ३ चौकासहित ६९ रन र देव खनालले […]

Continue Reading

यमन नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला साउदी अरबका दुई पाइलटको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले  एक टोही हेलिकोप्टर प्राविधिक खराबीका कारण यमनको सीमाक्षेत्र नजिक दुर्घटनाग्रस्त भएको जनाएको छ। हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो […]

Continue Reading

क्यानडाको सैन्य शिविरमा भीषण आगलागी, चार सैनिकको मृत्यु, दर्जनौँ घाइते

क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । शनिबार स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे क्यानडियन फोर्सेस बेस वेनराइटमा आगलागी भएको थियो । तीव्र हावाका कारण आगो छिटो फैलिएको स्थानीय प्रशासनले जनाएको […]

Continue Reading

आज देशका यी स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी […]

Continue Reading

खोटाङ जादै गरेकाे सुमाे गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु

काठमाडौंबाट खोटाङतर्फ जादैगरेको सुमो गाडी सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना महिला रहेको सुनकोसी प्रहरीले जनाएको छ । घटनास्थलमै मृत भेटिएका तीनै जनाको पहिचान खुल्न बाँकी छ । बेपत्ता रहेका तीन जनाको खोजी भइरहेको छ ।  बेपत्ताहरुको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। काठमाडौबाट खोटाङ जादैगरेको को १ […]

Continue Reading

धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

सूदूरपश्चिम प्रदेशमा रहेका नौ वटा भगवतीका मन्दिरहरू मध्येको एक उग्रतारा मन्दिरमा आज  अष्टिमी मेला लागेको छ । उग्रतारा मन्दिरमा घटस्थापनाको दिनदेखि दिनगन्ति गरेर आठौं दिन पूजाआजासहित मेला लाग्ने गरेको मन्दिरका पुजारी पण्डित लोकराज भट्टले जानकारी दिए  । शनिबार साँझपख मन्दिरमा पूजाआजा गरिएपछि आज  बिहानैदेखि मेला लागेको उनले बताए  । अष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा राँगा […]

Continue Reading

पाँच गोठमा आगलागी, लाखौं रुपियाँ बरावरको क्षति

कपिलवस्तुको विजयनगर गाउँपालिकामा लामखुट्टे धपाउन गोठमा बालिएको आगोबाट शुक्रवार राति दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा पाँचवटा गोठ जलेर नष्ट भएको छ । आगलागीमा एक भैँसीको पाडा जलेर मरेको छ । पाँच वटा पशु चौपाया घाइते भएका छन् । विजयनगर गाउँपालिका–१ नौरङ्गियामा ५६ वर्षीय सहिम मुसलमानको गोठमा राति करिब ११ः२० बजे लामखुट्टे धपाउन बालिएको आगोबाट आगलागी […]

Continue Reading

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा सुरु

काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाडो पुर्‍याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । हाललाई यो सेवा काठमाडौं महानगरपालिकामा उपलब्ध छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् । सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाग्रे एम्बुलेन्स समयमा […]

Continue Reading

आज देखि ४ गतेसम्म उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ महानगरपालिकाले आज  कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरले जनाएको छ । कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी […]

Continue Reading

सप्तरीमा हात्ती मारेर गाडेको अवस्थामा फेला

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको अवस्थामा फेला पारिएको छ । कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धान खेतमा हात्तीलाई खाल्डो खनेर गाडेको अवस्थामा फेला पारिएको हो । नियमित गस्तीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीलाई गाडिएको अवस्थामा फेला पारेको हो ।डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार […]

Continue Reading