तीन वर्षभित्र आठ शहरमा क्रिकेट रंगशाला बनाउने सरकारको योजना

सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) लाई देशका विभिन्न सहरमा विस्तार गर्ने लक्ष्यसहित आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला बनाउने योजना सार्वजनिक गरेका हुन्। मन्त्री लम्सालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको तेस्रो संस्करण […]

Continue Reading

पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस ठोक्किए, १० जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा कम्तीमा १० जना घाइते भएका छन्।  दुर्घटनाका  घाइते भएकाहरूलाई स्थानीय अस्पताल र सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगेर उपचार भैरहेको र उनिहरू सबैको अवस्था सामान्य रहेको प्रहरिले जनाएकाे छ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ […]

Continue Reading

उत्कृष्ट बलिङगर्दै कर्णालीको जनकपुरमाथि सहज जित

सानो स्कोर बनाए पनि कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा १ सय १३ रनमा अलआउट भयो । दुई सिजनअघिको विजेता जनकपुरले अन्तिम ६ विकेट केवल १९ रनका लागि गुमाएको थियो । देब्रेहाते स्पिनर […]

Continue Reading

हुथीको ड्रोन आक्रमणमा उजाडियो महतो परिवारको सपना

महोत्तरीको पिपरा गाउँपालिका–१ ढेकाहास्थित एक घरको आँगनमा छरछिमेकीहरूको बाक्लो उपस्थिति थियो । उनीहरू सबै शोकमा देखिन्थे । आफैंलाई सम्हाल्न नसक्ने गरी भुइँमा थचक्क बसेकी थिइन्, ४१ वर्षीया इन्द्रिकादेवी महतो । साउदी अरबमा रोजगारीमा रहेका पति भरत महतो (४५) को ४ कात्तिकमा ड्रोन आक्रमणमा परी मृत्यु भयो । इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमाथि एकपछि अर्को गर्दै गरिरहेको आक्रमणको यो […]

Continue Reading

भारतमा ‘अर्नब’ चक्रवातको प्रभाव: ओडिसामा भारी वर्षा, झारखण्डमा सतर्कता अपनाउन निर्देशन

चक्रवाती तुफान ‘अर्नब’ थप तीव्र बन्दै अघि बढेसँगै प्रभावस्वरूप भारतको ओडिसा राज्यका विभिन्न भागमा तीव्र हावाहुरीसहित भारी वर्षा शुरू भएको छ। प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरेको छ। भारतीय मौसम विभाग (आईएमडी) ले ओडिसाका ६ वटा प्रमुख जिल्लाहरू पुरी, गजपति, गंजाम, रायगढा, कोरापुट र मलकानगिरिमा भारीदेखि अति […]

Continue Reading

नाइजेरियामा हिं’सात्मक आक्रमणमा ६२ जनाको मृ’त्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन्। घटनापछि हजारौँ मानिस विस्थापित भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले मंगलबार जनाएको छ। निकायका राज्य प्रमुख लादान आयुबाका अनुसार फिरौतीका लागि अपहरण र अन्य आपराधिक गतिविधिमा सङ्लग्न ‘ब्यान्डिट’ भनिने समूहले शुक्रबार ताराबा राज्यको करिम–लामिडो स्थानीय सरकारी क्षेत्रअन्तर्गत […]

Continue Reading

भोटेकोशी बाढी : घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति

रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार, व्यवसाय र प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड, व्यवसाय र प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर […]

Continue Reading

बुधबार हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कात्तिक १२ गते बिहीबारदेखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव रहने महाशाखाले जनाएको छ […]

Continue Reading

म्युजिकल वाटर फाउन्टेनको उद्घाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिका –६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिकाको नगर गौरव आयोजना अन्तर्गत एक करोड २६ लाख रुपियाँको लागतमा निर्माण गरिएको फाउन्टेन सञ्चालनमा आएसँगै नगरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ। म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएसँगै कुञ्जपार्कको आकर्षण बढेको छ। फाउन्टेनको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन […]

Continue Reading

नारायणी नदीमा तीनजना वेपत्ता, एकको उद्धार

नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् ।  एक जनाको सकुशल उद्धार गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित ब्रिटिस क्याम्प पार्क नजिकै नारायणी नदीमा सोमबार डुबेर दुई जना बेपत्ता भएका छन् । स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा पसेर डुब्न लागेपछि उनलाई बचाउन गैंडाकोट–२ का १५ वर्षीय प्रतीक सापकोटा र १४ […]

Continue Reading