बिर्तामोडमा आगलागी, ६ करोडको क्षति

झापाको  बिर्तामोडमा भएको आगलागीबाट करिब ६ करोड बराबरको भौतिक क्षति भएको छ । बुधवार  बिर्तामोड ४ स्थित राजेश मण्डलको दुई तले घरबाट आगो सल्किएको थियो ।  राजेश मण्डलको दुईतले पक्की घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् […]

Continue Reading

पश्चिमी वायुको आंशिक प्रभाव : आज पहाडी क्षेत्रमा हल्का वर्षा

हालदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा  हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती […]

Continue Reading

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णयबारे सेतोपाटीलाई जानकारी दिँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने […]

Continue Reading

तिहारमा कुन दिन कस्तो रहन्छ मौसम ?

यस वर्ष तिहारका पाँच दिन देशभरको मौसममा ठूलो उतारचढाव देखिँदैन। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहार अवधिमा (काग तिहारदेखि भाइटीकासम्म) अधिकांश स्थानमा मौसम अनुकूल रहने अनुमान छ। तर, हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहने भएकाले हिमाली र पहाडी भूभागमा […]

Continue Reading

प्रजापति सदस्यलाई दियो बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

तिहार सुरु हुने भएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन प्रजापति परिवारका सदस्यलाई भ्याइ नभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद नलिकनै भाँडा बनाउन व्यस्त छन् । पाला किन्ने सर्वसाधारणहरूलाई दर्जनको ४० रुपियाँमा दियोको पाला बेच्ने गरिएको छ प्रजापतिहरूको भनाइ […]

Continue Reading

पूर्वी भारतमा ‘मुरासु’ चक्रवात

पूर्वी भारतको तटीय क्षेत्रमा एक साताभित्रै मङ्गलबार आएको दोस्रो चक्रवात ‘मुरासु’ ले भारी वर्षा गराउँदा जनजीवन प्रभावित भएको छ । यो चक्रवात आन्ध्र प्रदेशको प्रकामस जिल्लास्थित ओङ्गोल नजिकै तटीय क्षेत्रमा ठोक्किएको हो । चक्रवात जमिनमा प्रवेश गर्दा हावाको गति १०० देखि ११० किलोमिटर प्रतिघण्टा र अधिकतम झोका १२० किलोमिटर प्रतिघण्टासम्म रहेको छ । यही कारण […]

Continue Reading

प्रधानमन्त्रीको भारत भ्रमण तयारी

प्रधानमन्त्री वालेन्द्र शाहको यही मङ्सिरमा हुने भारत भ्रमणको तयारी नेपाल र भारत दुवै देशमा उच्च बनेको छ । प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण सफल बनाउन नेपाल सरकार र भारत सरकारका तर्फबाट हुनुपर्ने आवश्यक तयारी तीव्र भएको छ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत कार्यभार समाल्न नेपाल आइसकेका छन् भने भ्रमणको तयारीबारे छलफल गर्न भारतका विदेश […]

Continue Reading

काठमाडौं नजिकैको प्राकृतिक गन्तव्य लौके झरना, बढ्दै पर्यटकको आकर्षण

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–५ तथा शिवपुरी गाउँपालिका–५ मा अवस्थित लौके झरना पछिल्लो समय प्रकृति प्रेमी, हाइकिङ तथा फोटोग्राफीमा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। काठमाडौं उपत्यकाबाट छोटो दूरीमा पुग्न सकिने भएकाले साथीभाइ तथा परिवारसँग एक दिनको भ्रमण, पिकनिक र प्रकृतिसँग रमाउनेहरूका लागि यो ठाउँ रोजाइमा पर्न थालेको हो। काठमाडौं उपत्यकाबाट करिब दुई घण्टाको […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक

मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्। बैठकले एडिबीबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने, नेपाल पुनर्बिमा कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिनेलगायतका निर्णयहरू गरेको छ। निर्णयहरू : १. एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलरबराबरको […]

Continue Reading

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको विशिष्ट केन्द्रका रूपमा विश्वविद्यालयलाई स्थापित गर्न र अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ। आज मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो। विश्वविद्यालयका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान तथा प्राज्ञिक […]

Continue Reading