दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णयबारे सेतोपाटीलाई जानकारी दिँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने र केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय भएको बताएका छन्।

नयाँ प्रहरी महानिरीक्षक बन्न लागेका मनोज केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन्। एआईजी केसीले प्रहरी संगठनभित्र अपराध अनुसन्धान तथा अन्य जिम्मेवारीमा काम गरिसकेका छन्। सरकारको निर्णय कार्यान्वयन भएसँगै उनले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

तर, प्रहरी नेतृत्व परिवर्तनको विषय पछिल्लो समय चर्चामा रहँदै आएको थियो। अक्टोबर ३० मा द काठमाडौँ पोस्टले सरकार आईजीपी कार्कीको कार्यशैलीप्रति असन्तुष्ट रहेको र उनलाई हटाउने चर्चा बढेको समाचार प्रकाशित गरेको थियो। त्यसअघि कार्कीले प्रहरी प्रधान कार्यालयमा प्रहरी नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका थिए। उक्त बैठकमा एआईजी, डीआईजी तथा उपत्यकामा कार्यरत वरिष्ठ प्रहरी अधिकारी सहभागी भएका थिए। Kathmandu P

कार्कीलाई हटाउने चर्चा सार्वजनिक भएपछि नेपाल प्रहरीले भने राजीनामासम्बन्धी हल्ला भ्रामक भएको भन्दै खण्डन गरेको थियो। प्रहरी नेतृत्व परिवर्तनको चर्चाकै बीच सरकारले नयाँ निर्णय गरेको विवरण सार्वजनिक भएको हो।

मनोज केसी यसअघि पनि प्रहरी महानिरीक्षकका प्रमुख दाबेदारमध्ये एक थिए। दानबहादुर कार्की आईजीपी नियुक्त हुँदा केसी पनि प्रतिस्पर्धामा रहेका एआईजीमध्ये थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *