चर्चित टिभी प्रस्तोता राबियाको मृ`त्यु, अनुसन्धानको घेरामा श्रीमान्

पाकिस्तानकी चर्चित टेलिभिजन प्रस्तोता राबिया अहसनको गोली लागेर मृत्यु भएको छ। रावलपिंडीस्थित आफ्नै घरमा आइतबार उनी मृत भेटिएकी हुन्। घटनापछि प्रहरीले उनका श्रीमान् अहसन ताहिरलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। ४१ वर्षीया राबिया आइतबार दिउँसो करिब ३ बजे (स्थानीय समय) घरको शयनकक्षमा थिइन्। त्यसबेला उनकी आमा र बहिनी घरको बगैंचामा थिए। गोली चलेको आवाज सुनेपछि उनकी […]

Continue Reading

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

यस वर्षको भाइटीकाको दिन अर्थात् बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विशेषगरी मध्यदेखि पूर्वतिरका भू-भागमा वर्षा र हिमपातको सम्भावना बढी छ। महाशाखाले जारी गरेको विशेष पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगका थोरै […]

Continue Reading

चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार चौथो जित निकालेको छ । चौथो जित दर्ता गर्ने क्रममा उसले आज चितवन राइनोजलाई १० रनले हराएको हो । चितवनको यो तेस्रो पराजय हो । आजको खेलमा काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो […]

Continue Reading

दसौँ राष्ट्रिय खेलकुद : लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट

कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट भएका छन् । नेपालगन्ज रंगशाला परिसरमा भएको पौडीको फ्रिस्टाइल र बटर फ्लाइ स्पर्धामा सहभागी भएका २० पुरुष र ११ महिला खेलाडीमध्ये १२ जना पुरुष र ८ जना महिला खेलाडी छनौट भएको पौडी प्रशिक्षक चन्द्रराम चौधरीले जानकारी दिए  । छनौट हुने […]

Continue Reading

इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित

शक्तिशाली ‘एल निनो’ को प्रभावका कारण सन् २०२६ हालसम्मकै अत्याधिक तातो वर्षहरुमध्ये एक बन्‍ने निश्चित भएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सोमबार सार्वजनिक गरेको ‘स्टेट अफ द क्लाइमेट’ प्रतिवेदनले पछिल्लो एक दशकयता विश्वभर तापक्रम निरन्तर बढिरहेको देखाएको छ । प्रतिवेदनमा सन् २०२६ इतिहासकै उच्च तापक्रमयुक्त चार वर्षमध्ये एक बनेको उल्लेख छ । […]

Continue Reading

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागले सोमबार राती जारी गरेको विशेष बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आगामी पाँच दिन पहाडी र हिमाली क्षेत्रमा मौसम बदली हुने भए […]

Continue Reading

आजदेखी नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजापनीआजै गरिँदै

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्। नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। […]

Continue Reading

तिहारको महत्व

दसैँपछिको ठुलो र महत्वपूर्ण चाड तिहार हो । कात्तिक महिनाको कृष्ण पक्ष त्रयोदशीदेखि शुक्ल पक्ष द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । उज्यालो, रङ्गीचङ्गी फूल र उत्साहको यो पर्वले मानिस, प्रकृति, जीवजन्तु र दिदीबहिनी–दाजुभाइबिचको प्रेमलाई जोड्ने काम गर्छ । धर्मशास्त्र अनुसार मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी पाँच दिनसम्म […]

Continue Reading

मैनबत्तीबाट सल्किएको आगोले घर जल्यो, ग्यास सिलिन्डर विस्फोट

दीपावलीका अवसरमा मैनबत्ती बाल्ने क्रममा आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिका–३ हिल गाउँमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीय थमबहादुर पुनको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो। आगलागी भएपछि घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा क्षति भएको निमित्त वडाध्यक्ष प्रेमबहादुर बुढामगरले जानकारी दिए । आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका […]

Continue Reading

भारतमा दीपावलीको रात आगलागीका घटना : १८ जनाको मृत्यु

भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् । आइतबार राति भएका घटनामा मध्यप्रदेशका सिओनी र कटनी जिल्ला तथा महाराष्ट्रको धाराशिव जिल्ला प्रभावित भएका हुन् । स्थानीय प्रहरीले सोमबार घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मध्यप्रदेशको सिओनी जिल्लामा तीनतले […]

Continue Reading