कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागले सोमबार राती जारी गरेको विशेष बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आगामी पाँच दिन पहाडी र हिमाली क्षेत्रमा मौसम बदली हुने भए पनि तराईका अधिकांश भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

विभागका अनुसार आज मङ्गलबार  हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने र हिमाली क्षेत्रका एक-दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ।

भाेली कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

भाेलीनै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ। यसैगरी, कात्तिक २६ गते बिहीबार कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

कात्तिक २७ गते शुक्रबार  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।साे अवधिभर देशका अन्य भाग र विशेषगरी तराई क्षेत्रमा भने मौसम सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *