भाडामा यात्रु बोक्ने मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा घाइते भएका तीन जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल […]

Continue Reading

रसिदको सानदार अर्धशतक: काठमाडौंले दियो चितवनलाई १८१ रनको लक्ष्य

अलराउन्डर रसिद खानको विष्फोटक अर्धशतकप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा चितवनसामु १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको हो। १३ रनमै २ विकेट गुमाएर संकटमा परेको काठमाडौंको […]

Continue Reading

बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय जिप चालक योगेश सिम्खडाको उपचारका क्रममा मृत्यु भएको छ। उनलाई सुर्खेतस्थित कर्णाली प्रदेश […]

Continue Reading

जताततै पाइन्छन् अवैध पटका, रातभर निदाउन सक्दैनन उपत्यकाबासी

दीपावलीको अवसरमा पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकले ज्यान गुमाएका छन् । सोमबार पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर भएका मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु भारतीय बजार रक्सौल हुँदै वीरगञ्ज र तराई क्षेत्रमा पटका भित्रिने गरेको […]

Continue Reading

तिहारका पटाकाले बढाउँछ प्रदूषण

आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनी बिचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको तयारी चलिरहेको छ । बजार तिहारका सामग्रीले भरिभराउ छन् भने किनमेल र चहलपहल पनि उत्तिकै बढेको छ । तिहारका कतिपय परम्परा र गतिविधि आफैँमा सुन्दर छन् । फूल, […]

Continue Reading

६ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीय लगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए । सोही अनुरुप यो वर्ष पनि पूजा […]

Continue Reading

पोल्यान्डको क्राको गोलीकाण्डमा घाइते प्रहरीको ज्यान जोगाए दुई चिकित्सकले

पोल्यान्डको क्राको सहरमा भएको सामूहिक गोलीकाण्डका क्रममा घाइते प्रहरी अधिकारीको ज्यान दुई चिकित्सकले जोगाएका छन् । घटनास्थल नजिकै परिवारसँग खाना खाइरहेका दुई चिकित्सक गोली चलेको आवाज सुन्नासाथ उद्धारमा खटिएका थिए । प्राध्यापक मिचल पेन्ड्जिवात्र र डा. मातेउज विएर्दाक घटनास्थल पुग्दा गोली लागेर प्रहरी अधिकारीसहित अन्य व्यक्ति घाइते भएका थिए । उनीहरूले आक्रमणकारी भनिएका व्यक्ति र […]

Continue Reading

इजिप्टमा दुई रेल ठोक्किँदा ४ जनाको मृत्यु, ८८ जना घाइते

इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनापछि उद्धार तथा उपचारका लागि ७२ वटा एम्बुलेन्स परिचालन गरिएको बिबिसिमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये एक जना रेल चालकसमेत रहेका छन् । रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरोको दक्षिणी […]

Continue Reading

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू–१९ महिला क्रिकेटको उपाधि

नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । चार टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ […]

Continue Reading

नेपालगन्जमा दुई बिजुली पसलमा भीषण आगलागी, ३ करोडको क्षति

बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल नजिकै रहेका जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आज आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार विद्युतीय अनियमितताका […]

Continue Reading