पृथ्वीको तापक्रम प्रतिदशक ०.३५ डिग्रीले बढ्दै

विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो । जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले प्राकृतिक जलवायु उतारचढावको प्रभाव […]

Continue Reading

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने बताएका छन्। अल जजिरासँगको विशेष अन्तर्वार्तामा गालिबाफले आठ महिना लामो द्वन्द्व अन्त्य गर्न तेहरानले अघि सारेको सातबुँदे प्रस्तावअन्तर्गत उक्त महत्वपूर्ण जलमार्गको निगरानी गर्न इरान र ओमानबीच सहमति भएको जानकारी दिए। समुद्री कानुनसम्बन्धी सन् १९८२ को संयुक्त राष्ट्रसंघीय […]

Continue Reading

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबयात्रुले ब्यागेजको अवस्था लाइभ हेर्न पाउने

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा यात्रुहरूको आफ्नो ब्यागेजको अवस्था भिडियोबाट प्रत्यक्ष (लाइभ) हेर्न पाउने भएका छन् । टिआइएमा ब्यागेजको मुभमेन्टको लाइभ भिडियो आगमन कक्षमा हेर्न सकिने व्यवस्था गरिएको हो । टिआइएमा ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको लाइभ फिड अब अराइभल क्षेत्रको ब्यागेज क्लेम एरियामा उपलब्ध गराइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

Continue Reading

काठमाडौँका १७ स्थानमा छठ घाट तयार हुँदै

छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका १७ स्थानमा घाट निर्माण तथा सरसफाइको काम तीव्र पारिएको छ ।गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, टेकु, वंशीघाट, थापाथली, कुपण्डोल र बल्खुलगायत स्थानमा छठ पूजाका लागि आवश्यक व्यवस्थापन भइरहेको छ । गौरीघाटमा ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल, बत्ती तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था […]

Continue Reading

देउसी भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन जना पक्राउ

देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, कञ्चनबजारबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–८ की २२ वर्षीया […]

Continue Reading

कालीगण्डकी करिडोर सञ्चालनमा

पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।सो सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी सुक्खा पहिरो खसेको थियो। सडक डिभिजन कार्यालय, स्थानीय कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुुपिएको चट्टानसहितको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। कालीगण्डकी […]

Continue Reading

२४ घण्टामा सवारी दुर्घटनाबाट १९ जनाको मृ’त्यु

देशका ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।मकवानपुर, धादिङ, झापा, कास्की, सर्लाही र सिराहामा भएका दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्। सबैभन्दा ठूलो दुर्घटना मकवानपुरको भीमफेदीमा भएको हो। यहाँ ईभी हायस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै ज्यान गएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित सडकमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको […]

Continue Reading

एनपीएलमा आज दुई खेल, विराटनगर र पोखरा पहिलो प्रतिस्पर्धामा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ। पाँच खेलबाट दुई जित निकालेको विराटनगर छैटौं स्थानमा छ भने एक खेल मात्र जितेको पोखरा अंक तालिकाको पुछारमा रहेको छ। यसैगरी, दोस्रो खेलमा दिउँसो साढे ४ बजे कर्णाली […]

Continue Reading

बाढीपछि गोसाइँकुण्डमा बढ्दै पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पु¥याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट […]

Continue Reading

घोप्टेभीरमा सुक्खा पहिरो जाँदा यात्रुलाई सास्ती, आजपनि राजमार्ग एकतर्फीमात्र सञ्चालन

 राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभिरमा खसेको सुक्खा पहिरोले तिहारको लागि यात्रा गरेका यात्रुले निक्कै सास्ती पाए । तिहारको समयमा लगातार यहाँ सुक्खा पहिरो गइरयो। घोप्टेभीरमा आइतबार, सोमबार, मंगलबार र बुधबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू निकै समस्यामा परे। सुक्खा पहिरोका कारण तिहार मनाउन घर जाने तथा चाडपर्व मनाएर फर्किने यात्रुहरू बिचबाटोमै अलपत्र परे । सडक […]

Continue Reading